OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीमाघ १२, २०७७जुम्ला,
१४३४ पटक

जुम्ला माघ १२ गते,

खानेपानी सिचाई तथा उर्जा विकास डिभिजन कार्यालय जुम्लाका प्रमुख सिनियर ईन्जिनियर आषिक धितालको निधन भएको छ ।
धितालको भारतको दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको आफन्तले जनाएका छन् । एक महिना अघि विरामी हुनु भएका खानेपानी सिचाई तथा उर्जा विकास डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख धितालको स्वास्थ्य अवस्था बिग्रदै गएपछि नेपालगंज, लखनउ हुदै भारतको दिल्लीमा लिईएको थियो ।

कलेजोमा खरावी भएका कारण केही दिनमा कलेजोनै प्रत्यारोपण गर्ने तयारी पनि रहेको भएपनि उहाँको निधन भएको उहाँका दाजु डक्टप्रसाद धितालले जानकारी दिनुभयो । उहाँका अनुसार दिल्लीवाट नेपालगंज ल्याउदै गरिएको र भोली दाहसस्कार गर्ने तयारी भएको छ ।
जुम्लाको उच्च तहको जनशक्ति धितालको अप्रत्यासित निधन भएको खबरले कर्णाली स्तब्ध भएको छ ।

कर्णालीको उच्च स्तरको जनशक्तिको अत्यासित निधनले आफन्त, शुभचिन्तकहरुले अप्रत्यासित खबरले स्तब्ध बनाएको भन्दै सामाजिक सञ्जाल तातिएको छ । पोखरा ईन्जिनियर अध्ययन संस्थान पश्चिाञ्चल क्याम्पस विई ईन्जिनियर, भारतको आई आईर्टिइ रुड्कीबाट स्नाकोत्तर गरि बि.स २०६६ सालबाट सरकारी सेवामा धिताल प्रवेश गर्नुभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका रजिष्टार ईन्जिनियर विश्वराज काफ्लेले जानकारी दिनुभयो । काफ्लेले आफ्नो सामाजिक सञ्जालमा वि.स २०५८ सालमा पोखरामा पढ्दा अभिभावकको भूमिका खेलेको स्मरण गर्दै उहाँको अल्पआयूको निधनले स्तब्ध वनाएको बताउनु भएको छ ।

डिभिजन सडक कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय जुम्लाका प्रमुख ईन्जिनियर आषिश धितालको निधनले स्तब्ध बनाएको भन्दै कोभिडको चरम अवस्थामा नेपालगंज देखी जुम्ला सम्मको यात्रा सम्झना मात्र रहेको बताउनुभएको छ ।

जन्मथलो जुम्ला साविक शनिगाउँ गाविस हाल सिञ्जा गाउँपालिका धिताललिही  निवासी उहाका दुई छोरा र श्रीमति छन् । कर्णालीले जन्माएको कुशल उच्च प्राविधिक तहको जनशक्ति धितालको निधनप्रति हामी स्तब्ध भएका छौ । स्वर्गिय धिताल प्रति हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली र परिवारमा धैर्यधारण सहित समवेदना ।

प्रतिकृया दिनुहोस्