OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही माघ ११, २०७७जुम्ला,
१८७६ पटक

  धौलीगाड खानेपानीको मुल तस्बिर नेत्र शाही जुम्ला ।

खलङ्गा माघ ११ गते । जुम्ला सहित मुगु र कालिकोटमा ८३ हजार बढी जनसंख्या समेटने तीन बृहत खानेपानी आयोजना सरकारले अगाडि बढाएको छ ।

संघीय सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग , संघीय खानेपानी तथा ढल व्ययवस्थापन अायाेजना जुम्लाले जुम्लाको धौलीघाट खानेपानी रु एक अर्व ४७ करोड, कालिकोटको चुलिमालिका खानेपानी आयोजना, मुगु सोरुकोट बृहत खानेपानी ८३ हजार जनसंख्या लाभ हुने आयोजना शुरु गरिएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका प्रमुख महेश न्यौपानेका अनुसार कालिकोट र मुगुको आयोजनाहरु ठेक्का प्रक्रिया गई कामको सम्झौता भईसकेको छ भने जुम्लाको साविक कर्णालीको सवैभन्दा ठूलो बृहत धौलीघाट खानेपानी आयोजना पनि ठेक्काको तयारीमा रहेको छ ।

कार्यालय प्रमुख न्यौपानेका अनुसार कालिकोट जिल्ला स्थित खाडाचक्र नगरपालिका १,२,३ र ४ का १४ हजार सात सय ८६ जनसंख्यालाई लाभान्वित हुनेगरी चुलिमालिका खानेपानी आयोजनामाको आ.व. २०७६।०७७ मा गोरखापत्र दैनिकमा ठेक्का भईसकेको र ऋषि शक्ति पराजुली जेभी सँग सम्झौताको काम अगाडि बढेको छ । सो सम्झौता रु १३ करोड ७१ लाख ३१ एकसय १२ रुपैया रहेको छ ।

यसैगरी मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर १,२,३ र ६ का दश हजार तीनसय चार जनसंख्या लाभान्वित हुने सोरुकोट बृहत खानेपानी आयोजना पनि सम्झौता भएको जानकारी गरिएको छ । सो को ठेक्का भिमेश्वर गेल्वा धुलिखेल जेभी धुलिखेल काठमाण्डौले मुल्यांकनको आधारमा पाएको र सम्झौता अगाडि बढेको छ । यसको लागत रु १० करोड चालिस लाख ८८ हजार एक सय नब्बे रुपैया २२ पैसा रहेको र दुवै आयोजना २४ महिनामा काम सक्ने यही माघ ७ गते सम्झौता भएको कार्यालयले जनाएको छ ।

धौलीगाड ठेक्का तयारी :
खानेपानी आयोजनाको कर्णाली प्रदेशमा बृहत आयोजना मानिने जुम्लाको धौलिगाड खानेपानी आयोजना पनि हो । सरकारले रु दुई अर्व २५ करोड बजेट यस अघि बिनियोजन गरेपनि स्थानीय स्तरमा एक प्रतिशत बजेट जम्मा गर्न नसकेपछि लामो समय लागेको सो परियोजना एक दशकपछि अघि बढ्ने भएको छ । जुम्ला सदरमुकाम चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठिचौर गाउँपालिकाको ५८ हजार पाँच सय जनसंख्या र आठहजार पाँचसय घरधुरी लाभान्वित हुने उक्त डिजाईन स्टमेट भएको बृहत खानेपानी आयोजनामा एक हप्ताभित्र अहिले प्राप्त भएको बजेट रु अर्व ४७ करोड बजेटको एक प्रतिशत रु एक करोड ४७ लाख रुपैया जम्मा गर्ने भएपछि काम अगाडि बढ्ने भएको छ ।

यसका लागि तातोपानी गाउँपालिकाले गुठिचौर गाउँपालिकाले बजेट विनियोजन गरिसकेको छ । चन्दननाथ नगरपालिका विनियोजन गर्ने तयारीमा रहेको छ । कार्यालयको आयोजनामा लाभान्वित तीन स्थानीय सरकार सहित कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नागरिक समाज अध्यक्ष राजबहादुर महत सहित सरोकारवाला निकायहरुको वैठकले स्थानीय तहले एक हप्ताभित्रै एक प्रतिशत बजेट जम्मा गर्ने र ठेक्कामा जाने प्रक्रिया भएको कार्यालयले जनाएको छ । खानेपानीको अभाव भईरहेको सदरमुकाम सो आयोजना निर्माण भएमा ठूलो राहात हुनेछ ।

 

प्रतिकृया दिनुहोस्