OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २९, २०७६सुर्खेत
३३९ पटक

सुर्खेत, २९ असार ः कर्णालीको प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेतमा ‘अन्तर्राष्ट्रिय व्यवसायिक सम्मेलन’ शुरु भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्ट (मुसोम) द्वारा आज यहाँ आयोजित ‘व्यवस्थापन तथा रुपान्तरण लागि सवाल उठान’ विषयक सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएको छ । विश्वविद्यालयले आयोजना गरेको सम्मेलनले यस प्रदेशको योगदान र गरिमा बढाउनुका साथै सरकारको आगामी रुपरेखा तयारीमा सघाउ पुग्ने मुख्यमन्त्री शाहीले बताउनुभयो ।
मानव जातिको विकास शिक्षाबाट भएको बताउँदै उहाँले भन्नुभयो, “विश्व मानव समुदाय विकासको महत्वपूर्ण आधार भनेकै शिक्षा हो । यसले नै मानव विकासलाई चरमोत्कर्षमा पुर्याएको छ ।” देशको अहिलेको आवश्यकता सैद्धान्तिक नभई प्राविधिक शिक्षा भएकोले विश्वविद्यालयले यसैमा जोड दिनुपर्ने उहाँको सुझाव थियो ।
अब मध्यपश्चिम विश्वविद्यालयले कर्णाली प्रदेशका संभावना र यस प्रदेशका जनताको खुशी के मा छ भन्ने कुराको अनुसन्धान गर्नसमेत उहाँले आग्रह गनुभयो । त्यसको साथै यस क्षेत्रमा कति मेगावाटको हाईडोपावर उत्पादन गर्न सक्दछ भन्नेमा अन्वेषण, अनुसन्धान र संभाव्यता अध्ययन गर्न अनुरोध गर्दै प्रदेश सरकारले विश्वविद्यालयको शैक्षिक विकासमा आवश्यकीय सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोईरालाले सरकारको दिर्घकालीन विकासमा सघाउ पुर्याउने अनुसन्धानात्मक कार्य गर्ने बताउनुभयो । “यस विश्वविद्यालयको जनशक्तिले कर्णाली, नेपाल मात्र नभई विश्वमा नै योगदान पुर्याओस् भन्ने लक्ष्य राखेका छौं,” उहाँले भन्नुभयो, “यसका लागि विश्वविद्यालयले प्रमुख भूमिका खेल्नेछ ।”
हरेक क्षेत्रमा व्यवस्थापनले ठूलो अर्थ राख्ने भन्दै उपकुलपति प्रा.डा.कोईरालाले यसले मानव जीवन रुपान्तरणमा ठूलो फरक पारेको बताउनुभयो ।
सम्मेलन आयोजक स्कूल अफ म्यानेज्मन्ट एमबिए, एमफिल एण्ड पिएचडी कार्यक्रमका निर्देशक डा.नारायण पौडलले विश्वको जल्दोबल्दो मुद्दा मानिने व्यवस्थापन र रुपान्तरणमा देखिएका समस्याका सवालहरुको पहिचानगरी तिनको समाधान दिने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।
“सम्मेलनमा सहभागी विभिन्न विश्वविद्यालयहरुले आज व्यवस्थापन र रुपान्तरणमा देखिएका चुनौति तथा समस्याको कार्यपत्र प्रस्ततु गर्नेछन्,” निर्देशक डा.पौडेलले भन्नुभयो, “भोलि त्यसबाट आउने उपलब्धी एवं समाधानसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ ।”
दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, संयुक्त राज्यको फ्लोरिडा विश्वविद्यालय, भारत र पाकिस्तानको विश्वविद्यालयहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्