OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १, २०७७जुम्ला ,
१२३३ पटक

२०७७ माघ १ गते
जुम्ला । जुम्लामा अनिश्चितकालिन सडक यातायात बन्द भएको छ ।
चन्दननाथ नगरपालिकाले एकतर्फि चर्को कर लगाएको भन्ने बिषयमा एक साता अघि गरिएको ध्यानाकर्षण वेवास्ता भएको भन्दै माघ १ गतेबाटै छोटो तथा लामो दुरीका यातायात वन्द गरिएको यातायात व्यवसायीले जनाएका छन् ।

व्यवसायीले सयूक्त विज्ञप्ति जारी गरेर अनिश्चितकालिन बन्द गरिएको बताएका हुन । एक साता अघि एक तर्फी चर्को कर लगाईएको भन्दै सुनुवाई नभएको बिषयमा यातायात बन्द गरिएको बताइएको छ ।

संयूक्त विज्ञप्तिमा गते ध्यानाकर्षण गरेपनि यातायात व्यवसायीहरुले गरेको आन्दोलनको सुनुवाई नभएको भन्दै बन्द गरेका छन् । यस अघि सात यातायात प्रालीले हस्ताक्षर गरेर ध्यानाकर्षण गरेका थिए ।

उनिहरु नयाँ बसपार्कमा उचित सुरक्षा, शौचालय घेरवार, पर्खाल, पिउनेपानी बत्ति। चमेनागृह समेत नभएको बताएका छन् । यस अघि नगरपालिकाले नयाँ बसपार्कमा अनिवार्य गाडि पार्किड गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

 

प्रतिकृया दिनुहोस्