OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही पौष २९, २०७७जुम्ला,
८४४ पटक

पुस २९ गते । राष्ट्रिय योगा दिवसको पूर्वसन्यामा जिल्ला प्रशासन कार्यालय जुम्ला र जनस्वास्थ्य सेवा कार्यालय आयूवेर्द शाखाले योगा अभ्यास गरेर शिक्षा दिएको छ । टुडिखेल मैदानमा आयूवेर्द शाखा जुम्लाका प्रमुख प्रतिभा शर्माले योगा अभ्यास गराउनु भएको छ । नेपाली सेनाको मैदान टुडिखेलमा विहान ८ बजेबाट साढे ९ बजे सम्म योगा तथा ध्यान अभ्यास गराईएको हो । योगा अभ्यास गदै आयूवेद डाक्टर शर्माले योगा नियमित गरे हाम्रो आयुपनि बढ्ने भएकाले सरोकारवालाहरुलाई निरन्तरताको लागि अनुरोध गर्नुभयो ।

“गरौ योग डटेर, कोभिड जान्छ” हटेर भन्ने मुल नाराका साथ यो बर्ष राष्ट्रिय योग दिवसको नारा रहेको छ । सोही अनुसार योगा अभ्यास सिकाउन जरुरी रहेको भन्दै आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले माघ १ गते मनाईदै आएको दिवसको पूर्व सन्ध्याको योगा अभ्यास अत्यान्तै महत्वपूर्ण भएको भन्दै यसका लागि आयूवेर्द चिकित्सक सहित सरोकारवालाहरुलाई धन्यवाद दिनुभयो । प्रजिअ थापाले अव जुम्लामा यसलाई थप निरन्तरता दिन आवश्यक रहेको बताउदै सवैले योगा नियमित गर्न जोड दिनुभयो ।

योगा दिवसमा सरकारी निकाय, नागरिक समाज, उद्योगी व्यापारी, पत्रकारहरु सहित सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
यस्ता छन् १२ आसन :
दिवसको अवसरमा योगा अभ्यासमा विभिन्न आसन मध्य १२ वटा आसन गरिएका छन् । ति आसनहरु निरन्तरता दिएमा राम्रो हुने स्वास्थ्य विज्ञान पनि बताउछ । डाक्टर शर्माका अनुसार १२ वटा आसन ताडासन, त्रियकताडा आसन, बृक्षासन, पद्मासन, धनुरासन, अर्ध मत्स्यान्द्रासान, बज्रासन, सुप्त बज्रासन,बलासन, गोमुखासन, मकरासन, भुजुङ्गासन, नौकासन, पवनमुक्तासन, धनुआसन, सवासन रहेका छन् । आसनको अन्तिमा ध्यान समेत गरिएको थियो ।

कोभिडमा क्वारेन्टाई र आईसोलेशनमा योगा :
योग स्वास्थ्यका लागि सवै भन्दा महत्वपूर्ण भएकाले योगा अभ्यास अनिवार्य रहेको आयुवेद डाक्टरहरुले बताएका छन् ।
सोही अनुसार जुम्लामा जनस्वास्थ्य सेवा अन्तरगतको आयूवेर्द शाखाले योगा शिक्षा दिईरहेको छ । कोभिडको समयमा होस वा कुनै पनि समयमा आयूवेर्द शाखाले मानिसको स्वास्थ्य जोगाउने महत्वपूर्ण विद्या योगअभ्यास भएको भन्दै शिक्षा दिदै आएको छ ।

आयूवेर्द शाखाले कोभिड संक्रमित भएका र क्वारेन्टाईनमा बसेका व्यक्तिहरुका लागि समेत योगा अध्यास दिदै आएको छ । संक्रमित आईसोलेशनमा बसेका एक सय ३० जनालाई निरन्तर योग अभ्यास गरिएको डाक्टर शर्माले बताउनुभयो । यसैगरी जिल्लाका स्थानीय तहहरुका १२ वटा क्वारेन्टाईनमा योगा अभ्यास गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
यसैगरी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन जुम्लामा विहान ८ बजे ¥याली सहित टुडिखेलमा जम्मा हुने बजार परिक्रम गरि कोणसभामा टुंगाउने प्रजिअ थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्