

जुम्ला २६ पुस २०७७
यहाँको पातारासी गाउँपालिकामा ५ शैयाको भिन्नै कोभिड अस्थाई अस्पताल संचालनमा ल्याईएको छ । पाँच शैयाको अस्पताल संचालनमा ल्याईएको स्वास्थ्य संयोजक रतनबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
कोरोना भाईरसका विरामी भईहालेमा भिन्नै उपचार गर्ने उद्देश्यका साथ अस्पताल शुरु गरिएको छ । गाउँपािलका अध्यक्ष लक्षिमन बोहोराले सो कोभिड अस्थाई अस्पताल उद्घाटन गर्नुभएको संयोजक बुढ्थापाले बताउनुभयो ।
कोभिड अस्थाई अस्पताल उद्धाटन गर्दै अध्यक्ष वोहराले अहिले पनि कोरोना कम नभएको भन्दै कठिन अवस्था आएमा स्वास्थ्यकर्मीहरुले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट जोगाउन सघाउने प्रतिवद्धता जनाउनुभयो ।
संघीय सरकारको सहयोगमा रु १० लाख बजेट उपलब्ध गराईएकोमा मेडिकल अफिसर, २ जना स्टाफनर्स र कार्यालय सहयोगी व्यवस्था गरेअनुसार मेडिकल अफिसरको दरखास्त नपरेको र अरु स्टाफ समेत भर्ना गरि काम सुचारु गरिएको पातारासी गाउँपालिकाले जानकारी दिएको छ ।
कार्यक्रममा उपाध्यक्ष पन्नकली महतारा,प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा सहित कर्मचारी, जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटा र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।