OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
विजय रावतपौष २४, २०७७जुम्ला,
६३३ पटक

२४ पुस,जुम्ला : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जुम्ला प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा र ज्ञानपनपत्र बुझाएको छ । नेकपाले केही जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र र संविधाननै बुझाएका हुन् ।

नेपाल संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत पनि प्रधानमन्त्रीलाई संविधानको धारा र ज्ञापनपत्र पठाएको नेकपा जुम्लाका अध्यक्ष विरबहादुर कुवँरले बताउनुभयो ।

शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको अध्यक्ष कुँवर र सचिव तिर्थ बुढा सहितको जिल्ला कमिटिले केपी शर्मा ओलीलाई विरोध पत्रसहित संविधानको धाराहरु प्रमुख जिल्ला अधिकारी मार्फत पठाईएको हो ।
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा जुम्लावासीको तर्फबाट आफ्नो पार्टीले विरोध पत्र पठाएको र संसद विघटन विरुद्ध निरन्तर आन्दोलन हुने उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले नेपाली जनताको न्यायपूर्ण आन्दोलनको उलब्धिको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समेत ध्वस्त पार्ने प्रतिगामी र निरंकुश कदम चालेको नेकपा प्रचण्ड र माधव नेपाल पक्षको छ ।
प्रधानमन्त्री ओलीलाई पठाईएको विरोध पत्रमा संविधानको रक्षा र कार्यान्वयन गर्नुको साटो मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजना अनुसार प्रधानमन्त्रीले असंवैधिनक रुपमा प्रतिनिधिसभा विघटन गरेको उल्लख छ ।

गत पुस ५ गते गरिएको संसद घिटन विरुद्ध सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रधानमन्त्रीको पुल्ला दहन गर्ने, लाल्टिन जुलुस, सहित विभिन्न कार्यक्रम गरिरहेको प्रचण्ड(माधव समूहले गरिसकेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा संविधानको पालन नगरेको र उनले संसद विघटन गर्दा आधार मानेको संविधानको धाराले संसद विघटन गर्न नमिल्ने भन्दै प्रचण्ड–माधव समूहले जनवर्गीय संगठनसहित पार्टीको अगुवाइमा प्रमुख जिल्ला अधिकारी मार्फत संविधान र ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीको यो कदमको विरोधमा नागरिक समाज, सामाजिक अभियन्तालगायत विपक्षी राजनीतिक पार्टीहरुले सडक संर्घष गर्दै आएका छन् । नेकपा प्रचण्ड–माधव समूहले सबैसँग आन्दोलनमा साथ दिन आग्रह गरिरहेका छन् ।

यता ओली समूहले पनि देशभर कार्यक्रम गरेर संसद विघटन वाध्यकारी भएको भन्दै ताजा जनादेशका लागि चुनावमा जानु पर्ने प्रक्षिण तथा भेला कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्