OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २४, २०७७
११५६ पटक
२४ पुस २०७७, शुक्रबार
जापानको राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको छ।

कोरोना भाइरस संक्रमणको दर थप बढ्दै गएपछि जापान सरकारले राजधानी टोकियोमा आपतकाल घोषणा गरेको हो। यो आपतकाल एक महिनासम्म जारी रहने छ।

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले स्थिति भयावह बन्न थालेकोले उच्च सतर्कता अपनाउनका लागि आपतकाल लगाउनुपरेको बताएका छन्।

उनले विशेष गरी बार तथा रेस्टुरेन्टमा नजान युवाहरूलाई विशेष अनुरोध गरेका छन्।

रेस्टुरेन्ट र बारमा बेलुका ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ ।

अनलाइनमार्फत किनबेच गर्नेगरी व्यापार व्यवसाय सञ्चालन गर्न पनि सरकारले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्