OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुर्खेतपौष २२, २०७७दाना शाही
६४२ पटक

२२ पुस २०७७, बुधबार

कर्णालीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कारण एक जना वृद्धाको मृत्यु भएको छ ।

गुर्भाकोट नगरपालिका ८ सुर्खेतका ७४ वर्षीया वृद्धाको मृत्यु भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो । “पुस १२ गते ज्वरो आएर बिरामी भएपछि उनलाई कर्णाली प्रदेश अस्पताल ल्याईएको थियो,” शाखा प्रमुख कँडेलले भन्नुभयो, “सोही दिन स्वाब लिएर आरटी पीसीआर परीक्षण गर्दा वृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।”

वृद्धामा संक्रमण देखिएपछि उनलाई प्रदेश अस्पतालको आइसोलेसन राखिएको र अवस्था जटिल बन्दै जाँदा आईसियुमा राखेर उपचार गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य प्रोटोकल अनुसार आवश्यक सबैखाले उपचार गर्दा सुधार नभई आज दिउसो मध्यान्हतिर वृद्धाको मृत्यु भएको शाखा प्रमुख कँडेलले जनाउनुभयो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको बताईएको छ ।

 

प्रतिकृया दिनुहोस्