OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही पौष २२, २०७७जम्ला,
९४७ पटक

जम्ला,पुस २२ गते । नौ महिनादेखि जुम्लाको एक ओडारमा बस्दै आएकी मानसिक समस्या भएकी ज्येष्ठ नागरिक महिला संगै चार जनालाई उद्दार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्ला र चन्दननाथ नगरपालिकाकाको अगुवाईमा घरवार विहिन र सडकमा अलपत्र परेका चार जना नागरिकलाई जुम्ला बाट सुर्खेत मानव सेवा आश्रममा पठाईएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
विगत नौ महिनादेखि चन्दननाथ नगरपालिका ३ को गच्चु साँघु ओडारमा बस्दै आएकी दैलेख स्थायी घर बताउने ज्येष्ठ नागरिक महिला कमला कुमाई सहित चार जनालाई चन्दननाथ नगरपालिकाको सहयोगमा सुर्खेत पठाईएको हो । सडकमा बास गरेकी चन्दननाथ नगरपालिका ९ निवासी पुनि तिरुवा, तातोपानी गाउँपालिका ५ निवासी बाहुनी र सिंजा गाउँपालिका निवासी घर बताउने प्रेम कली नेपालीलाई उद्दार गरेर सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।

उनिहरुलाई चन्दननाथ नगरपालिकाका नायव सुब्बा लक्ष्मीचन्द्र न्यौपानेको साथमा वेवारिसे महिलाहरुलाई लिएर जुम्लाबाट सुर्खेत पठाईएको छ । प्रमुख जिल्ला अधिकारी थापाले जिल्लामा विगत लामो समय देखी अत्याधिक चिसो समयमा ओडार र सडकमा दिन काट्न वाध्य ति व्यक्तिहरुलाई मानव सेवा आश्रममा उद्धार गरिएको थप्नुभयो ।

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरपालिकाले ४ जनालाई उद्धार गरेको र घरवार विहिन सडकमा तथा ओढारमा बसिरहेका व्यक्तिहरुलाई पुनस्र्थापन गर्न पाउदा खुशी लागेको भन्दै यस कामका लागि सवै लागेर सडकमुक्त जुम्ला बनाउन आवश्यक रहेको बताउनुभयो ।

जुम्लामा हिउँदको सिजन त्यसैमा पनि, डाँडाकाडामा परेको हिउँको सिसिरोले कसरी पुनस्र्थापन तथा उद्धार गर्ने भन्ने बिषयमा स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरु लागि रहेका थिए । जसमा एक हप्ता अघि जिल्ला प्रशासन कार्यालयमा वैठक बसेर जुम्लामा सडक मानवहरुको फोटो सहित तथ्यांक संकलन गर्ने र पुनस्र्थापन गर्ने निर्र्णय गरिएको थियो ।

उद्दार गरी पठाएका चारजनै महिलाहरु मध्य एक जना स्पष्ट बोल्न नसक्ने र शारिरिक अपांग भएपनि अन्य तीन जना भने मानसिक समस्या भएका छन् । शारिरिक तथा मानसिक रुपमा अपाङ्गता भएका बेवारिसे सडक मानवलाई आश्रय जुम्लामा नभएपछि सुर्खेत पठाउनु परेको हो ।

ओडारमा बस्दै आएकी महिलालाई सरसफाई, लत्ता कपडा सहित पुनस्र्थापन गरिएको छ । चिसोमा खुला ओडारमा बस्ने उहाँलाई कसरी उद्धार गर्ने भन्नेमा सरोकारवाला निकायहरु सवै लागि परेका थिए ।

सवैभन्दा ठूलो मानव सेवा गरेकोमा स्थानीय प्रशासन, प्रहरी, नगरपालिकाले निकै प्रशंसनिय काम गरेको स्थानीय रुप्सि बुढाले जानकारी दिनभयो । उहाँले भन्नुभयो, नौ महिना देखी ओडारमा बसिरहेको देख्दा दैनिक मन दुख्थ्यो अव उद्धार भएर ठिक भएको छ । मानसिक समस्या भएका कारण “घरमा बस्न नमान्ने, सधै वनमा डुल्ने, कठ्यांग्रिदो चिसोमा ओडारमै बस्ने, चिसो बढेकाले सकस थियो । उद्धार गरिएका चारै जना सडक मानव पनि उद्दार भई सुरक्षित ठाउँमा लिन लागेको भन्दै खुसी भएका छन् ।

अव अन्य व्यक्तिहरुको समेत फोटो सहितको तथ्यांक संकलन गरेर पुनस्र्थापन गर्ने स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरु जुटिरहेका छन् । तथ्यांक संकलनका लागि सामाजिक विकास कार्यालयलाई जिम्मा दिईएको र स्थानीय तहमा समेत पत्राचार भएको छ ।
जुम्लामा दिर्घकलिन आश्रमको खोजी :
जिल्ला प्रशासन कार्यालयमा सडक मानवको पुनस्र्थापन तथा उद्धारको बिषयमा पनि निर्णय गरिएको छ । पहिलो जुम्लामा भएका सवै सडकमा रहेका व्यक्तिहरुको तथ्यांक संकलन गरेर चाडै पुनस्थापन गर्ने, दोस्रो दिर्घकालिन पुनस्र्थापना गृह संचालनका लागि तत्कालिन समयमा जिविसको सहयोगमा निर्माणधिन अधुरो भवनका लागि बजेट विनियोजन गर्न सामाजिक विकास मन्त्रालयलाई माग गर्ने निर्र्णय भएको प्रजिअ थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्