OnlinePana

आज : २०८२ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २२, २०७७
४७० पटक

२२ पुस २०७७, बुधबार

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मन्त्री बोहोराले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर राजीनामा दिनुभएको हो ।

उहाँले वर्तमान राजनीतिक परिस्थितिले मन्त्रीमा रहेर काम गर्ने वातावरण नभएपछि आफूले पदबाट राजीनामा दिएको बताउनुभएको छ । उहाँ हाल ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य  हुनुहुन्छ । केही दिनअघि ओली समूहमा रहेका भौतिक पूर्वाधार मन्त्री पठानसिं बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गर्नुभएको थियो ।

५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु प्रचण्ड–माधव समूहमा छन् ।

प्रतिकृया दिनुहोस्