OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक १४, २०७७जुम्ला,
२०३७ पटक

कात्तिक १४ गते । “हाम्रो कर्णालीको पिडा भिन्नै छ, हिजो विशाल राज्य भएको जुम्ला हेपिदा, थिचिएको देख्खा मन थाम्न सकिदैन” सांसद गजेन्द्र बहादुर महतले यो शब्द एक भब्य कार्यक्रममा फेरी दोहोरयाउनु भयो ।

केही कार्यक्रमहरुमा त्यति धेरै सहभागिहरुको चासो खासै हुदैन, भित्र वाहिर, फोन यस्ता क्रियाकलाप भईरहन्छन् तर शुक्रवार जुम्लामा जिल्लाका उच्च ओहदामा कार्यरत कर्मचारीहरुलाई गरिएको सम्मान कार्यक्रम खुशी र भावुक बन्यो । कार्यक्रम अवधिमा हर्षका अनुहार धेरैका देखिए । किन खुशी नहुनु आफ्नो भाईछोरो राज्यको उच्च तहमा पुगेर भेटभएको दिन ।

शुक्रवार प्रशासनिक र प्राविधिक क्षेत्रमा उच्च तहमा पुगेका जनशक्तिलाई सम्मान गरिएको छ । चन्दननाथ नगरपालिकाले राज्य संयन्त्रमा उच्च ओहदामा रही जिल्लाको पहिचान देखाउन सफल भएका भन्दै उच्च स्तरका कर्मचारीहरुलाई सम्मान गरिएको जनाएको छ । जुम्लाका स्थायीवासी उच्च अदालतका न्यायधीस कृष्णलाल भट्टराई, सहसचिव तथा यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमाल, सहसचिव तथा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहित २६ जनालाई सम्मान गरेको छ ।

राज्य संयन्त्रमा जुम्लाको कर्मचारी तन्त्र अग्रस्थानमा पुगेको खुशीयाली भन्दै नगरपालिकाले हौसला प्रदान गर्न जिल्लामा एक सम्मान कार्यक्रमनै आयोजना गरेको छ । सम्मान हुने उच्च स्तरका जनशक्ति अनुुसन्धान प्रहरीका डिआईजी टेकेन्द्र कार्की, जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रमुख कर अधिकृत पूर्णप्रसाद न्याैपाने, कर्ण प्रसाद तिमिल्सेना, प्रमुख कोष नियन्त्रण गोपीचन्द्र भण्डारी, सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत रहेका छन् । यसैगरी उपसचिव प्रेम देवकोटा, उपन्यायधिबक्ता नरेन्द्र देवकोटा, डिभिजन वन अधिकृत मुनवहादुर रावत, प्रमुख नापी अधिकृत पूर्ण प्रसाद पाण्डे, कानून उपसचिव निधिराज न्यौपाने, उपन्याधिवक्ता जयप्रसाद धिताल, कानून उपसचिव गोविन्द आचार्य, शिक्षा उपसचिव जवाहरलाल हमाल, कर्णाली प्रतिष्ठानका विशेषज्ञ डाक्टर पुजन रोकाया, डाक्टर माणिकरा न्यौपाने, डाक्टर पवन महत, डाक्टर , डाक्टर तुफानसिंह कठायत, डाक्टर गोमा कठायत र प्रमुख कोष नियन्त्रक खडानन्द अधिकारी सम्मानित हुनुभएको छ ।

च्याखुरा जाने सिंहदरवारमा हामी पनि छिर्यौ : सांसद महत
उहाँहरुलाई प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महत, प्रदेश सांसद दिनवन्धु श्रेष्ठ र चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सेजुवालले सम्मानपत्र र दोसल्लाले सम्मान गर्नु भएको छ । सम्मान कार्यक्रममा वोल्दै संघीय सांसद गजेन्द्रबहादुर महतले बि.सं २०६४ अगाडि पहुँच नभएको सिंहदरवारमा अहिले हाम्रो जनशक्ति उच्च ओहदामा पगेकाले वधाई सहित सम्मान व्यक्त गर्नुभयो ।
उहाँले व्यंग्य गर्दै तत्कालिन राज्यमा च्याखुरा सहित राडिपाखी घुस लिएर छिर्न दिने सिंहदरवारको प्रवृति ध्वस्त भएको बताउनुभयो । बि.सं २०६४ सालपछि मात्रै हाम्रो सहज भएको र अहिले कर्मचारी समयन्त्र स्थायी उपस्थिति भएकोमा कर्णालीको काम गर्न निर्देशन दिनुभयो । सांसद महतले तत्कालिन विशाल सिञ्जा ध्वस्त पार्ने राज्यवाटै हामी पिसिएकाले अव आफ्नो अधिकार आफै खोज्ने दिन आएको बताउनुभयो ।

परनिर्भरता हटेको देख्यौ : सांसद श्रेष्ठ
प्रदेश सांसद दिनवन्धु श्रेष्ठले अव कर्णाली परनिर्भर नभई आफ्नै भरमा टिक्ने भएको प्रति खुशी व्यक्त गर्नुभयो । उहाँले वैंकमा लोन लिन दहीको ठेकी लिएर आउने दिन गएका छन् । सो स्थानमा हाम्रो जनशक्ति पुगेपछि अव समय फेरिएको बताउनुभयो । जुम्लाकै छोरा प्रमुख जिल्ला अधिकारी भएर आउदा समय परिवर्तन जुम्ला धेरै अगाडि गएकोमा गर्भगर्नुभयो ।

उर्जा दिन सम्मान : मेयर सेजुवाल 
चन्दननाथ नगरपालिकामा मेयर कान्तिका सेजुवालले उच्च स्तरको जनशक्तिलाई प्रोत्साहन दिनका लागि सामान्य सम्मान शुरु गरिएको बताउनुभयो । उहाँले अहिले कर्मचारीतन्त्रमा जुम्लाको वाक्लो उपस्थिति रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । कर्मचारी तन्त्रनै राज्य संचालन गर्ने स्थायी समयन्त्र भएकाले अव कर्णाली त्यो स्थानमा पहुँच राख्न शुरु गरेको बताउनुभयो ।

सिंहदरवारमा कर्णालीको समानता खोजिरहेका छौ : महानिर्देशक हमाल
सम्मान कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमालले सिंहदरवारमा कर्णालीको उपस्थितिले गर्भ लागेको भन्दै अव हाम्रो जनशक्तिले समानता खोजीरहेको बताउनुभयो । उहाँले उच्च तहको जनशक्तिलाई राजनिति समयन्त्रले काम गर्ने अवसर दिनुपर्ने बताउनुभयो । उहाँले कर्णालीको विकासमा अव साझा एजेण्डा र दिर्घकालिन सोचले अगाडि बढेमा यहाँको समृद्धिमा कर्मचार िसमयन्त्रले साथ दिने बताउनुभयो । उहाँले तत्कालिन सांसद, राजनैतिकदल र सवैको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल कर्णालीको गहनाको रुपमा स्थापना भएको भन्दै यस्तै काम फराकिलो आखाले हेरेर अगाडि बढ्न सवैलाई अनुरोध गर्नुभयो ।

सिंहदरवार छिर्न नपाउदा निजामतिमा : प्रजिअ थापा 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सिंहदरवार छिर्न नपाएको झोकले निजामति तिर छिरेको बताउनुभयो । उहाँले अहिले यो पदमा हामी उपस्थिति हुन पाउदा खुशी लागेको भन्दै सवै मिलेर तत्कालिन मध्यकालिन र दिर्घकालिन योजना बनाएर अगाडि बढ्नु पर्ने बताउनुभयो । थापाले जुम्ला सहित अन्य जिल्लाको प्रजिअ र सिंहदरवारको वसाईको अनुभवले केही सिक्न पाएको भन्दै कर्णालीको विकासमा सवै मिलेर लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले तत्काल महामारीको रुपमा कोरोना ग्राफ बढिरहेता पनि भिडभाड बढिरहेको तथा अझे जनचेतना कम भएकोले सवैले जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो ।

सम्मानले सचिव र सहसचिव होउ होउ जस्तो : उपसचिव न्यौपाने
उपसचिव पूर्ण प्रसाद न्यौपानले सम्मान कार्यक्रमले उच्च तहका कर्मचारीलाई जन्मभूमिति र फकाईदिएको भन्दै यस्तो कार्यले अझै माथिल्लो तहमा पुग्ने प्रेणा मिल्ने अवसर दिएको भन्दै सम्मानका लागि धन्यवाद दिनुभयो । उहाँले यस्तो प्रकारले एकातिर सेवा गर्ने कर्तब्यको वोध गरेको भन्दै अर्कोतिर आफु आसिन पदभन्दा माथी सचिव र सहसचिव हुने तयारीका लागि प्रेणा मिलेको बताउनुभयो ।

जन्मथलोलाई प्रथामिकता दिऔै : डा. रोकाया
सम्मान कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर पुजन रोकायाले कर्णालीमा काम गर्ने अवसर मिलेको भन्दै कर्णाली राष्ट्रकाको विकासमा कर्मचारीतन्त्रमा जिम्मेवारी काधमा आएको बताउनुभयो । आफ्नो उच्च शिक्षाको जानकारी गराउदै जन्मथलोमा वा जिल्लामै काम गर्दा थप राम्रो हुनेमा जोड दिनुभयो ।

जुम्लामा एक दशक यता सरकारी नोकरी प्रतिको आकर्षणले विभिन्न सेवाका एक सय बढि अधिकृत भन्दा उपल्लो तहका कर्मचारी छन् । सहसचिव,उपसचिव, डाक्टर, पाईलट सहित विभिन्न पेशामा कार्यरत जनशक्ति बढिरहेको छ । प्रशासन क्षेत्रमा चाडै कर्णालीले सचिव पाउने देखिन्छ । राष्ट्र र जनताका लागि यि जनशक्तिले थप गर्भिलो ईतिहास कायम राखिरहोस र गृह जिल्लाले सधै सम्मान गरिरहोस, हाम्रो पनि शुभकामना ।

प्रतिकृया दिनुहोस्