

असोज १५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमित देखिएपछि अस्पतालको आकस्मिक कक्ष बाहेक अन्य सेवा बन्द गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मी सहित २४ जना पोजेटिभ भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर अनुपमंगल समालले जानकारी दिनुभयो । उहाँका अनुसार ११ जना प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी अन्य बिरामी, विरामीका आफन्त समेत रहेका छन् । उनिहरुलाई अस्पतालको आईसोलेशनमा राखिएको डाक्टर समालले जानकारी दिनुभयो । यसैगरी अन्य कर्मचारीहरुको स्वाव परीक्षण गरिएको छ ।
प्रतिष्ठानको प्रशासन कक्षले एक बिज्ञप्ति जारी गर्दै प्रतिष्ठानका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएकाले अर्को सूचना जारी नहुदा सम्म आकस्मिक वाहेकका सेवा बन्द गरिने बताईएको छ ।