OnlinePana

आज : २०७९ चैत्र १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ३, २०७७जुम्ला
१३७४ पटक

जुम्ला असाेज ३ गते ।डाक्टर  गोविन्द केसीका माग पुरा गर्न भन्दै सड्कमा बाक्लाे मानिसहरू उत्रिन थालेका छन् । संविधान दिवसको अवसरमा दिप प्रज्वलन सहित डाक्टर केसीको जीवन रक्षा र माग पुरा गर्न भन्दै नागरिक समाज सहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता दिपावली सहित सड्कमा देखिएका हुन् ।
उनिहरुले सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीको माग पुरा गर्नुपर्ने भन्दै दवाव स्वरुप दिपावली गर्दै जुम्लाको मुख्य बजारमा बाक्लो उपस्थिति जनाएका छन् ।
नागरिक समाजका संयोजक राजबहादुर महत, संविधानसभा सदस्य ललितजंग शाही,  सहित नेपाली कांग्रेसका नेता कार्यकर्ता डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै सड्कमा देखिएका छन्

२४ घण्टा निगरानी स्थलमा स्थानान्तरण गर्न सुझाव :
डा.केसीको १९ औ सत्याग्रहको छैटौ दिन स्वास्थ्य अवस्था बिग्रदै गएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले प्रकाशन गरेको डा. केसीको स्वास्थ्य प्रतिवेदनमा २४ घण्टा नियमित मनिटरिङ हुन सक्ने अवस्थामा एथासिघ्र स्थानान्तरण गरिनुपर्ने उल्लेख छ । उहाँ अनसन बसिरहेको स्थल चन्दननाथ नगरपालिका वडा नं ६ बाबिरा थानको धर्मशाला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा टाढा र चिसो स्थान पनि छ ।
मुटुको धडकन बढ्दै जानु, श्वास प्रश्वासमा समस्या आउनु तथा पिसाव समेत कम हुने समस्या देखिएको छ ।

प्रतिकृया दिनुहोस्