OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीआश्विन १, २०७७सुर्खेत,
३६२ पटक

सुर्खेत,२०७७ भदौ ,

कर्णाली प्रदेशमा आज ४९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । ४९ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको कूल संख्या दुई हजार ९१४ पुगेको छ ।
कर्णाली प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरेको आरटी पीसिीआर परीक्षणमा आज सुर्खेतका १३, सल्यानका ३३, दैलेखका दुई, जाजरकोट र उदयपुरका एक÷एक तथा रुकुमपश्चिम चौरजहारी नगरपालिकामा गरिएको पीसीआर परीक्षणमा रुकुमपश्चिमका एक जनामा कोरोना संक्रमण भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिनुभयो ।
त्यसैगरी, यहाँका विभिन्न आइसोलेशनबाट ३५ जना कोरोना संक्रमण जितेर घर फर्किएको महाशाखा प्रमुख शाहीले बताउनुभयो । आज ३५ जना डिस्चार्ज भएसँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या दुई हजार ६०५ पुगेको उहाँले जनाउनुभयो । उहाँका अनुसार यस प्रदेशमा ३०३ जना सक्रिय बिरामी रहेका छन् ।

प्रतिकृया दिनुहोस्