OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुमित्रा शाहीभाद्र १८, २०७७जुम्ला,
३१३७ पटक

भदौ १८ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अहिले देशभर काम गरेर अनुभव गरेका डाक्टर तथा प्राध्यापकहरुले कर्मथलो बनाउन थालेकै छन् । यसमा पनि केही समयका लागि सेवा गर्ने जनशक्ति मध्य बरिष्ठ न्यूरो सर्जन डा. निलम खड्का (मानव) एक हुनुहन्छ ।

काठमाण्डौको ट्रमा सेन्टरमा कार्यरत बरिष्ठ न्यूरो सर्जन खड्काले ६ महिना विदा लिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा काम गर्नुभयो । उहाँले जटिल ब्रेन हेमोरेज सहित टाउँकाको सल्यक्रिया र ढाडको सल्यक्रिया गर्नुका साथै प्रतिष्ठानको विशेषज्ञ टोलीलाई शिप हस्तान्तरण गरेर फर्किनु भएको छ ।

डा. खड्काले आफुले प्रतिष्ठानको टिमको सहयोगमा एक दर्जन टाउकोमा नसाको सल्यक्रिया, आधा दर्जन ढाडको नसाको समस्याको सल्यक्रिया, २ वटा घाटीको सल्यक्रिया सहित विभिन्न जटिल शल्यक्रिया गर्न सफल भएको बताउनुभएको छ । विदामा स्वयंसेवाको रुपमा कर्णााली आउनु भएका डा. खड्काले कर्णालीमा आएर यस्तो उपचार गर्न पाउदा निकै खुशी व्यक्त गर्नुभयो । उहाँ भने विदाको समय अवधि सकिएपछि काठमाडौं फिर्ता हुनुभएको छ ।

उहाँले सिकेको शिप प्रतिष्ठानका डाक्टरहरुलाई समेत हस्तान्तरण गरेकाले यो सेवा निरन्तरता हुनेमा आशा व्यक्त गर्नुभयो । प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले डा. निलमले छोटो समयमा धेरै विरामीको ज्यान जोगाउनुका साथै शिप हस्तान्तरण गरेर जानुभएकोमा धन्यवाद दिदै प्रतिष्ठानले सधै सम्झिरहने बताउनुभयो । प्रतिष्ठानले डा. निलमलाई गरेको विदाईमा प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले कर्णालीमा सेवा गर्न आउने व्यक्ति असाधारण ठान्छन् । थोरै व्यक्तिहरु आएर सेवा गर्ने मध्यका डाक्टर निलम खड््का पनि पर्नु हुन्छ । उहाँले भिजिटरको रुपमा जुम्ला आउदा छोटो समयमा विरामी प्रतिको मृदुभाषीको गुण र उहाँका दक्षता हाम्रो जनशक्तिले सिक्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

हुम्लाबाट पनि विरामी आएर  ज्यान जोगाईएको डा. निलमले सम्झिदै कर्णाली प्रतिष्ठानको काठमाण्डौमा दुतको रुपमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जुम्लाबाट काठमाण्डौ फर्किदा सरकारले दुई सेवा चाडै गर्न आवश्यक रहेको बताउनुभयो । पहिलो नेपालमा हेड ईन्जुरी र स्पाईनल ईन्जुरीको निशुल्क उपचार र दोस्रो देशका सातै वटा प्रदेशमा टाउको र ढाडको उपचार केन्द्र भएमा हजारौ नेपालीले सजिलै सेवा र आफ्नो ज्यान जोगाउन सक्ने बताउनुभयो ।

जुम्लामा उहाँ आएर पहिलो पटक मस्तिक्स र ढाँड सँग जोडिएको न्यूरो सल्यक्रिया शुरु गर्नुभएको थियो । दुई वटा शल्यक्रिया त १२ देखी १४ घण्टा लामो भएको उहाँको स्मरण पनि छ । हिमा गाउँपालिका १ का ६५ बर्षिय धनबहादुर रावतको रक्तनलि जम्मा भएर हेमोरेज सहित धेरैको ज्यान जोगाउन प्रतिष्ठानको टिमको सहयोगमा सफल भएको उहाँले थप्नुभयो । उहाँले जुम्लामा आएर ध्यान र योगा समेत स्वास्थ्यकर्मीहरुलाई सिकाउनु भएको छ । मन स्वस्थ्य बनाउन अनिवार्य ध्यान गर्न उत्तम उहाँको भनाई रहेको छ । उहाँले जिल्लाको गुठीचौरमा ध्यान अर्थात योगा स्थान समेत निर्माण गरेको बताउनुभयो ।

अहिले कर्णाली प्रतिष्ठानमा भिजिटर विशेषज्ञहरु समेत कर्णाली प्रतिष्ठानमा आउने गरेका छन् । यस अघि अमेरिकाको अरिगन स्टेडको राजवाक अस्पतालका हाडजोर्नी विशेषज्ञ चिकित्सक डा. माइकल डेभिड भ्यान एन्ड्रोयड पनि जुम्लामा पुगेर सेवा गरेर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्