OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआषाढ १३, २०७७जुम्ला,
१५२९ पटक

हिमा असार १३ गते । यहाँको हिमा गाउँपालिकाले कोभिड रोकथाम सँगै कोरोना भाईरस महामारीका कारण जिल्लामा भित्रिएका वेरोजगार यूवाहरुलाई रोजगारी दिनेमा जोड दिईएको छ ।

गाउँपालिकाले सातौ गाउँसभाबाट निति तथा कार्यक्रम पारिद गर्दै यहाँको कालिकाखेतु प्रथामिक स्वास्थ्य केन्द्रमा १० वेडको आईसुलेशन तयारी तथा उपकरणहरु खरिद गरिने निति कार्यक्रममा उल्लेख छ ।

हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले प्रस्तुत गर्नुभएको निति कार्यक्रममा विदेशबाट भित्रिएका यूवाहरुलाई स्वरोजगार बनाउने निति छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारको विकास, पर्यपर्याटन र भाषा सस्कृतिको संरक्षण सहित वेरोजगारीको निकास’ भन्ने मुल नारा सहितको निति तथा कार्यक्रम ल्याईएको हो । उपाध्यक्ष रोकायाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा रु ३६ करोड १६ लाख ५ हजारको बजेट प्रस्ताव गरिएको छ । सो बजेटमा समानीकरण तर्फ संघीय रु आठ करोड ५५ लाख र प्रदेश एक करोड ५ लाख २० हजार रहेको छ ।

सो बजेट तथा निति कार्यक्रममा कोभिड महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका यूवाहरुलाई स्वरोजगारको लक्षित गर्दै ‘ हाम्रो यूवा हाम्रो सम्पति कार्यक्रम’ कृषि र पशुपालनबाट ‘आफ्नो टोल आफै बनाउ, आफ्नो टोल आत्मनिर्भर बचाउ” कार्यक्रम, प्रथामिक स्वास्थ्य केन्द्रमा १० वेडको आईसुलेशन सवै बस्तिमा खोप केन्द्र, यूवालाई कृषि उत्पादनमा जोड केन्द्रीत कार्यक्रम समेत गरिने भएको छ ।

यसैगरी दलित समुदायको शिप र रोजागरीका लागि दलित सँग अध्यक्ष कार्यक्रम , स्थानीय तहमा खाद्य बैंकको स्थापना, ५३५ जनालाई जीवन बीमा कार्यक्रम घोषणा गरिएको छ ।
यसैगरी हिमाको पानी, हाम्रो लगानी सहित हिमा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरिने पूर्वाधार तयार गरिनेछ । यसैगरी पर्यटन पूर्वाधारको लागि यहाँको वडा नं ५ मा रहेको रुपीछराको पूर्वाधारमा तयारी गरिने भएको छ । शिक्षामा प्राविधिक विद्यालय, सस्कृति विद्यालय स्थापना गरिने भएको छ ।
यसैगरी ज्येष्ठ नागरिकलाई मासिक रु एक हजार साहारा भक्ता दिईनेछ । यसैगरी छोरी बुहारी कार्यक्रम निरन्तरता सहित हरेक आमालाई निशुल्क एम्बुलेन्स सेवा संचालन गरिने भएको छ । यसैगरी एकल महिला र अपांगता भएकालाई शिप मुलक तालिमको व्यवस्था गरिनेछ ।


यसैगरी अर्गानिक बालि संरक्षण अभियानलाई निरन्तरता दिईनेछ । यसैगरी संचारमा निर्माणाधित मोवाईल टावरलाई निर्माण गरिनेछ । स्वच्छ सरसफाई कार्यक्रममा मुहान देखी घर सम्मका धारा सरसफाई कार्यक्रम समेत गरिने भएको छ ।
निति कार्यक्रममा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले गाउँपालिकाले कोरोना भाईरसको रोकथाम सहित वेरोजगार यूवाहरुलाई रोजगार दिनु मुख्य काम रहेको जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका सदस्य तथा प्रमुख अतिथि कल्पना परियारले काजगमा निति कार्यक्रम मात्रै नभई कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेसका प्रतिनिधी तथा वडा नं ५ का अध्यक्ष नन्दबहादुर रोकायाले सत्ताको आडमा बहुमतले ल्याएका निति कार्यक्रम समान र आवश्यकतामुखी हुनुपर्ने बताउनुभयो ।

नेकपा जुम्ला सचिवालय सदस्य भैबहादुर रोकाया, जयबहादुर खत्री र अमर शाहीले निति कार्यक्रम कार्यान्वयन भएमा केही परिवर्तनको महशुस हुने सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस्