OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीआषाढ ८, २०७७ सुर्खेत
९०९ पटक

८ असार २०७७, सोमबार

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएका पाँचै प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्वास्थ्यकर्मी हुन् । कोरोना संक्रमित उनीहरुले यही ३१ र ३२ गते दैलेखका दुई र सुर्खेतका एकजना बिरामीलाई प्रदेश अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार गरेका थिए । तीन जनामा दैलेखका क्षयरोगीसहित दुई र विष सेवन गरेर आकस्मिक कक्षमा उपचार गर्न पुगेका सुर्खेतका एकजना बिरामीलाई स्वास्थ्यकर्मीहरुले नजिकमा रहेर उपचार गरेको र असार ती रोगीको पिसिआर गर्दा रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिनुभयो ।

तीनजना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी र कार्यलय सहयोगी गरी ४२ जनालाई क्वारेन्टिनमा राखिएको थियो । ती मध्य एक भिडियो एक्सरे कक्ष र चारजना प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको प्रदेश निर्देशक डा.खड्काले जानकारी दिनुभयो । संक्रमित सबैलाई प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार अघि गरिने उहाँले बताउनुभयो ।

क्वारेन्टिनबाट आकस्मिक कक्षमा उपचार गर्न ल्याईएको भन्ने बारेमा सम्बन्धित गाउँपालिका र बिरामीका आफन्तले जानकारी नदिएका कारण स्वास्थ्यकर्मी संक्रमित हुनुपरेको प्रदेश अस्पतालले दुखेसो गरेको छ । कर्णालीमा एकैपटक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना हो ।

प्रतिकृया दिनुहोस्