OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बिजय रावत जेठ ३०, २०७७जुम्ला,
२०७६ पटक

३० जेठ २०७७ शुक्रबार,
जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम संचालनमा आएको छ । यहाँको एक नगरपालिका सहित गाउँपालिकामा रु ६४ लाखका दरले रु ५ करोड रकम बेरोजगार तथा कोभिड –१९ बाट प्रभावितलाई रोजगारी सृजनागर्न उद्देश्यले मुख्यमन्त्री रोजगार कार्यक्रम संचालन गरिएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्लाको सामाजिक बिकास कार्यालय र स्थानियतह बिचको समन्वयमा संचालित सो कार्यक्रमले बेरोजगार र कोरोनाले रोजगार गुमाएका ब्यक्तिलाई रोजगार दिने सामाजिक बिकास कार्यालय जुम्लाका प्रमुख बलबिर सुनारले बताउनुभयो ।
जिल्लाको पातारासी गाउपालिका – ७ स्थितमा नबनिर्मित दुर्गादेवि महिला कृषि आलु प्रशोधन भबननिर्माणमा बिहीबारबाट सो कार्यक्रम संचालनमा आएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो ।
जारी बन्दाबन्दीले घरखर्च चलाउन गाह्रो भएका र गाउँपालिकाले अति गरिब घरपहिचान गरेका स्थानीयवासीलाई कामसहित रोजगार दिएको गाउँपालिकाको रोजगार शाखाले जनाएको छ ।
यहाँको हिमा गाउँपालिकाका रोजगार संयोजक दिपेन्द्र पौडेलका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा कोरोना भाइरसको कारणले कामगरेर घरखर्च चलाउने गाह्रो भएकादेखी रोजगारी गुमाएका र रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत भएका एक हजार सात सय ८५ जना बेरोजगार व्यक्तिहरु मध्यबाट प्राथमिकता क्रमका आधारमा तीन सय ३९ जना बेरोजगार व्यक्तिलाई २० दिनेकाम सहित रोजगारी दिएको छ ।
सो कार्यक्रम अन्तरगत गाउँपालिकाको–४ स्थित हिमा आवासिय विद्यालयको भवननिर्माण र घेरवार आयोजना मार्फत रोजगार कार्यक्रममा समावेश गराईएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो ।
दुई महिनादेखी लकडाउनहँदा देशमा लाखौको रोजगारी गुमेको समयमा यहाँको हिमा गाउँपालिकाले भने अतिबिपन्नहरुलाई रोजगारीको अवसर प्रदान गरेपछि आफुमा खुसीछाएको सो योजनामा काम गरिरहेको स्थानीयवासी अमृत शाहीले बताउनुभयो ।
रोजगार कार्यक्रमका कामदारहरुले दैनिक रु ६ सय ६० ज्याला प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो ।
सो आयोजनाको कुल बजेटमध्य ७० प्रतिशत रकम कामदारको ज्यालादारी बाफत पाउने छन् भने ३० प्रतिशत रकम आयोजनालाई आबश्यक पर्ने सामाग्री खरिदगर्न सकिने र कामदारले कामगर्दा चोटपटक लाग्नसक्ने स्थितिलाई मध्यनजर गर्दै सुरक्षाकालागि सेफ्टि ईकुमेन्ट ( हेलमेट, पन्जा, जकेट तथा सेफ्टि जुत्ता) पनि आयोजना अवधिभर प्रयोगगर्न लगाउने कार्यालयका सबईन्जिनियर प्रेमबहादुर शाहीले बताउनुभयो ।
जिल्लाको तातोपानी गाउँपालिकालेपनि मुख्यमन्त्री रोजगार कार्यक्रम संचालन गरिसकेको छ । भने तिला,गुठिचौर,कनकासुन्दरी, चन्दननाथ नगरपालिका र सिंजा गाउँपालिकाले आउने महिनाको पहिलो हप्ताबाट कार्यक्रम संचालन गरिने गाउँपालिकाका रोजगार शाखाले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्