OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

हेलिकोप्टर लिएर मुख्यमन्त्री शाही कालीकोट पुगे

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

कोरपाटी संवाददाताजेठ २८, २०७७ सुर्खेत
१३४७ पटक

२८ जेठ २०७७, बुधबार

आज घटेको अकल्पनीय र पिडादायी टिप्पर दुर्घटनाका घाईतेहरुको शीघ्र उद्धार तथा उपचारको लागि हेलिकोप्टर लिएर मुख्यमन्त्री शाही अहिले २ः४० बजे घटनास्थल नरहरिनाथ गाउँपालिका १ कालीकोट लालीघाटतर्फ लाग्नुभएको छ ।

घाईतेको तत्काल उद्धार तथा उपचारका लागि मुख्यमन्त्री शाही, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त हेलिकोप्टर लिएर कालीकोट जानुभएको जानुभएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले मृतक रासकोट नगरपालिका १ का २३ वर्षीय शर्मिला सार्की र २५ वर्षीय थम्की सार्की रहेको बताउनुभएको छ । प्रहरी नायब उपरीक्षक ओलियाका अनुसार हराएका एक जना बाहेक अरु सबै सम्पर्क आईसकेको छन् । भारतबाट आएका ३९ जना यात्रु बोकेको ना.८.ख ५१३३ नम्बरको टिप्पर आज बिहान लालीघाटमा दुर्घटना भएको थियो ।

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका १ कालीकोट लालीघाटस्थित टिप्पर दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति शोक व्यक्त गर्नुभएको छ ।

आज एक शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘कोभिड–१९’ ले निम्त्याएको समस्याका कारण विभिन्न ठाउँबाट घर फर्किने क्रममा आज बिहान लालीघाटको दुर्घटनाले स्तब्ध बनाएको बताउनुभएको हो । उहाँले दुर्घटनामा निधन हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकमा डुबेका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुका साथै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

दुर्घटनाको खबर पाउने बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुलाई उहाँले धन्यवाद दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्