

जुम्ला २६ जेठ २०७७
यहाँको तातोपानी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सुचिकृत भई बिपन्नको प्रथामिकतामा परेका व्यक्तिहरुलाई रोजगारीको काम शुरुवात गरिएको छ । गाउँपालिका र रोजगार शाखाँले गाउँपालिकाको वडानं एक बाट २४ र वडा ७ बाट ५५ जनालाई काम दिईएको रोजगार संयोजक सरिता शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नम्बर १ मा २४ जनाबाट काम शुरुवात गरिएको छ । यसैगरी सवै वडाका अति बिपन्नलाई रोजगारीको काम दिईनेछ । लकडाउनको समयमा घरमा बसेर खानानै नपुग्ने व्यक्तिहरुलाई सो कार्यक्रम दिईएको हो ।
तातोपानीका ८ वटा वडाका २६३ जनालाई एक महिनाको लागि रोजगारको काम दिईएको गाउँपालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ईएमआईसमा सुचिकृत भई प्रथामिकतामा परेका वडा नम्बर एकका २४ जना, वडा नं दईका ४४ जना, वडा तिनकां २१ जना, चारका ४० जना, पाँचका १९ जना, वडा नम्बर छ का ३८ जना, वडा नम्बर सातका ५५ जना र वडा नम्बर आठका २२ जनालाई पहिलो चरणमा प्रथामिकताका क्रममा काम दिईएको जानकारी गरिएको छ ।
उनिहरुलाई विभिन्न आयोजनाहरुमा काम गर्न लगाईनेछ । लकडाउनको अवधिमा घरमै बसेर हैरान भएको समयमा काम पाएका उनिहरुले खुशी व्यक्त गरेका छन् ।
बेरोजगार व्यक्तिहरुलाई सूचिकृत गरेर प्रथामिकताका आधारमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अति बिपन्नलाई काम दिएर रोजगारी शुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानले जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिकामा तीन हजार दुईसय साठी जना सुचिकृत भएका छन् । यस कार्यक्रमका लागि रु ५३ लाख ८८ हजार यो बर्ष रकम रहेको गाउँपालिकाले जनाएका छन् । उनिहरुले रु ६६० पाउने रुपैया पाउनेछन् ।