OnlinePana

आज : २०८२ चैत्र १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १२, २०८२
८ पटक

नेत्र शाही/जुम्ला,

चैत १२ गते । जुम्ला बिउ राख्ने अभ्यास सहित धान दिवस मनाईएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा विउ कसरी राख्ने, के के विधि चाहिन्छ सो विषयमा खेतमै गएर अभ्यास गरिएको छ । जुम्लामा रहेको कृषि अनुसन्धान कार्यालयको प्रांगणमा कृषि विज्ञ र जानकार किसानले अन्य बीउ राख्ने तरिका बारे अभ्यास गरेर उपलब्ध किसान, स्थानीय र सरोकारवालाई सिकाएका हुन् । सो कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढ्थापा र जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले कार्यक्रमको उद्घाटन गर्नु भएको छ ।

कृषि विकास जुम्लाका कार्यालय प्रमुख अधिकारी सहित विज्ञ र स्थानीय जानकार किसनाहरुले चैत १२ गते बिउ राख्ने परम्परा, तरिकाको बिषयमा अभ्यास गरिएको छ । मार्सीधानको बिउ राख्ने परम्पराकै बिषयमा जानकारी सहित विभिन्न अभ्यास गरिएको कार्यालय प्रमुख अधिकारले जानकारी दिनुभयो । कृषि विकास कार्यालयले कर्णाली प्रदेश सरकारले दिएको धान दिवसको अवसरमा जुम्लामा पनि दिवस मनाईएको जानकारी दिनुभयो । खसभाषाको मागल वाचन गरेर धानको विउ राख्ने अभ्यास गरिएको थियो । उहाँले पोषिलो उपयुक्त खानाको रुपमा रहेको कालिमार्सी धान कसरी जोगाउने भन्ने बिषयमा विभिन्न कामहरु भईरहेकोमा जोड दिनुभयो । उहाँले नयाँ अनुसन्धान भएको मार्सीधान समेत गाउँमा फिजाउन कृषि कार्यालय र कृषि अनुसन्धान कार्यालयले जोड दिदै आएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कृषि अनुसन्धान कार्यालयको प्रांगणमा बिउ छर्ने तरिकाबारे जानकारी दिदै उत्पादन भएको विउ छरेर अनुभव आदान प्रदान गर्नुभयो ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले उत्पादनमा जोड दिनुपर्ने एक मात्र निर्भरताको काम भएको बताउदै मार्सीधान उत्पादन, कृषि उत्पादनमा किसान लाग्न प्रथामिकता दिनुभयो । राजबहादुर महतका अनुसार बीउ राख्ने विधि कृषि वैज्ञानिकले गाउँ गाउँमा बिउ राख्ने प्रचलन सिकाउन जरूरी रहेको बताउनुभयो ।

उहाँले धान बचाउन सक्ने उपायमा लाग्न अनुरोध गर्नुभयो । उहाँले स्थानीयतहले नै धानको रोग नियन्त्रण गर्न लाग्नुपर्छ । किसान कविता पराजुलीले सवैभन्दा राम्रो र उत्तम मानिएको हाम्रो जुम्ली मार्सीधानको रोग नियन्त्रणमा सवै लाग्न सुझाब दिनुभयो । उहाँले कृषि अनुसन्धानले तयार गरेको नयाँ विउ गाउँ गाउँमा बिस्तार गर्नुपर्ने बताउनुभयो । जुम्लामा परम्परागत रुपमा चैत १२ गते धानको विउ राख्ने देखी २० गते खेतमा वेर्नामा छर्ने लगायतका तालिका पनि छन् । जुम्लामा मार्सीधान उत्पादन हुने जिल्लाको रुपमा भएकाले कर्णाली प्रदेश सरकारले चैत १ गते सरकारी विदा दिने प्रचलन छ ।

क्याप्सन : जुम्लामा अभ्यास सहित धान दिवस मनाईदै तस्बिर नेत्र शाही/जुम्ला ।

प्रतिकृया दिनुहोस्