OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १९, २०७७काठमाडौं
६९४ पटक

२०७७ जेठ १९, सोमबार

नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले संक्रमितको संख्या एक हजार ७९८ पुगेको बताउनुभयो ।

मुलुकका विभिन्न जिल्लामा आज संक्रमित हुनेहरुमा

दैलेखका ४१
कपिलवस्तुका ४०
सर्लाहीका ३८
जुम्लाका १९
रौटहतका १८
कैलालीका १४
सल्यानका १०
दाङका ९
बाँकेका ७
धनुषाका ७
सुर्खेतका ५
सिरहाका ५
नवलपरासी पूर्वका ३
पाल्पा ३
रुपन्देही २
झापाका २
महोत्तरीका २
मकवानपुरका १
उदयपुरका १
अछामका १
बैतडीका १
डोटीका १
कञ्चनपुरका १

त्यस्तै, क्वारेन्टाइनमा रहनेको संख्या एक लाख ३३ हजार ९७५ रहेको जनाईएको छ । आइसोलेसनमा रहनेको संख्या देशैभरि एक हजार ५६९ जना रहेको छ । मन्त्रालयका अनुुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट एक लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्