OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १८, २०७७
११६४ पटक

१८ जेठ २०७७, आईतबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहानै दैलेख हिडेको छ ।

प्रतिष्ठान जुम्लाले डाक्टरद्वय दिनेश शाही, डा.रोज्निम प्रधान र जनस्वास्थ्य विज्ञ त्रय प्रेम पन्त, निशान्त लामा, प्रतिमा न्यौपानेसहितको टोलीलाई दैलेख खटाएको हो । शनिबार दुल्लु नगरपालिका ७ दैलेख पटाङ्गिनी बजारस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टिनमा रहेका ३५ वर्षीय युवाको कोरोनाले मृत्यु भएपछि तत्काल कोरोना भाइरसको जोखिम बढ्न नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली त्यसतर्फ पठाईएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारको समन्वयमा टोली दैलेख पठाईएको उहाँले बताउनुभयो । “चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली करिब एक महिनाका लागि दैलेख पठाईएको छ, रजिष्ट्रार काफ्लेले भन्नुभयो, “टोलीले त्यहाँको अस्पतालको निर्देशनमा खटाएको ठाउँमा समुदायस्तरमा पुगेर मेडिकल उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ ।”

प्रतिकृया दिनुहोस्