OnlinePana

आज : २०८२ साउन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्णराज बुढा,साउन ६, २०८२पातारासी, जुम्ला ।
३०८ पटक

पूर्णराज बुढा/पातारासी,

साउन ५ गते । जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले तालबन्दी गरेका छन् । करार शिक्षकले आफुहरुको जागिर सुनिश्चत गर्न भन्दै माग गरेका र तालाबन्दी गरेका छन् ।

गाउँपालिकाले गत असार ३२ गते कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुर्नैपनि व्यक्तिलाई ज्यालादारी वा करार नियूक्ति गर्न नपाईने र स्थानीय सेवा – गठन तथा संचालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियूक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारी वाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना अनुसार हाजिर हुन नपाएका शिक्षक आन्दोलित भएका छन् । उनिहरुले गाउँपालिकाले जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् ।

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार सो बिषयमा हाम्रो कुनै केही नलाग्ने भन्दै उहाँहरु सँग छलफल भईरहेको बताउनुभयो । गाउँपालिका तालाबन्दी भएपछि पालिकामा प्रहरी पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्