OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १५, २०७७सुर्खेत
७२३ पटक

सुर्खेत, १४ जेठ २०७७, बिहीबार

कर्णाली प्रदेशका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउने बताउनुभएको छ ।

भेरी नगरपालिका ४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका ८ सोती रुकुमपश्चिमका सुस्मा मल्लबीचको प्रेम बिबाहलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहितका पीडित परिवारले न्याय पाउने मन्त्री भण्डारीले बताउनुभयो । उक्त घटनाले प्रदेश सरकारलाई दुखित तुल्याएको भन्दै उहाँले त्यसको सत्य तथ्य छानबिन हुने विश्वास व्यक्त गर्नुभयो ।

कोरपाटीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “घटनाको सत्य तथ्य छानबिनका लागि नेपाल सरकार गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको छ । यसको छानबिनका सम्बन्धमा कर्णाली प्रदेश सरकारले आवश्यक समन्वय गरिरहेको छ । घटनाको अनुसन्धानमा सहयोग पुर्याउन र संयम्ता अपनाउन सम्वद्ध पक्षमा अपिल गर्दछु ।”

घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारहरुलाई न्याय दिलाउन नेपाल सरकार झैं प्रदेश सरकारले कुनै कसर बाँकी नराख्नै बताउँदै मन्त्री भण्डारीले उक्त घटनालाई सम्प्रदायिक नबनाउन र अतिरञ्जित नगर्न सबै सरोकारवालाहरुलाई अनुरोध गर्नुभएको छ ।

उहाँले यस्तो अकल्पनीय घटनामा ज्यान गुमाउने भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढा, ११ का लोकेन्द्र सुनार र चौरजहारी नगरपालिकाका टिकाराम सुनार सबैमा हार्दिक श्रद्धाञ्जली एवं मृतात्माको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै सशस्त्र प्रहरी बलको जनशक्तिले घटनाको आसपासका क्षेत्रमा बेपत्ताहरुको खोजी कार्य जारी राखेको जनाउनुभएको छ

प्रतिकृया दिनुहोस्