OnlinePana

आज : २०८२ आषाढ २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २४, २०८२
१४ पटक

२४ असार २०८२, मंगलबार

जाजरकोट भूकम्प, सहिद स्मृति र घाईते तथा अपांगता भएका व्यक्तिहरुको भत्ताको भूक्तानीको विषयलाई लिएर सत्ता र प्रतिपक्ष दुवैले अवरोध गरेपछि कणाली प्रदेशसभाको बैठक स्थगन भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बसेको २७औं बैठकको आकस्मिक समयमा सत्ता पक्ष नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बेदराज सिंह र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले मंगलबहादुर शाहीले आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा सदस्य सिंहले जाजरकोट भूकम्पपछि आपतकालीन अवस्थामा काम गरेका निर्माण व्यवसायीलाई सरकारले भुक्तानी दिन आलटाल गरेको भन्दै यस विषयमा सरकारले उचित जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने धारणा राख्नुभयो । तत्पश्चात् उहाँ उभिरहेर बैठक अवरोध गर्नुभयो ।

त्यस लगत्तै नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शाहीले सहिद स्मृति भत्ता र युद्धका घाइते तथा अपांगता भएका व्यक्तिहरुको जीवन निर्वाह भत्ताको विषयमा प्रश्न उठाउनुभयो । प्रक्रिया पुर्याउँदा पनि जुम्ला तातोपानी गाउँपालिकामा सहिद स्मृति र जीवन निर्वाह भत्ता रकम किन गएन भन्दै सदस्य शाहीले आपत्ति प्रकट गर्नुभयो ।

यस विषयमा मुख्यमन्त्रीको जवाफ नआएसम्म बैठक अगाडि बढ्न नसक्ने भन्दै प्रतिपक्षका प्रदेशसभा सदस्यहरुले बैठक अवरोध गरेका थिए । सभामुख नन्दा गुरुङले सरकारको जवाफका लागि समय दिन सत्ता र प्रतिपक्षका सदस्यहरुलाई आग्रह गरेपनि बैठक अवरोध जारी रहेपछि उहाँले बैठक स्थगित भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्