OnlinePana

आज : २०८२ जेठ ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीजेठ ३०, २०८२जुम्ला ।
२५७ पटक

जुम्ला,जेठ २९ गते । जुम्लाको हिमा गाउँपालिकामा रंगशाला बन्ने भएको छ । प्रतिनिधिसभा सासद छिरिङ ल्यामु लामा तामाङको पहल तथा सहजीकरणमा हिमा गाउँपालिकामा रंगशालाका लागि बिनियोजित बजेटले गाउँपालिकामा रंगशाला बन्ने निश्चित भएको हो । गाउँपालिकाको माग अनुसार रु ३ करोड लगानीमा हिमा गाउँपालिकाको लागि रंगशाला बन्ने बजेट विनियोजन भएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको सचिवालयले सो कार्यप्रति सांसद लामा र मन्त्रालयलाई धन्यवाद ज्ञापन गरेको छ । यूवा तथा खेलकुल मन्त्रालय अन्तरगत हिमामा सो आयोजना आगामी आर्थिक बर्षमा बन्ने भएको सांसद लामाले जानकारी दिनुभयो । सो कार्यप्रति हिमाका नागरिकले सामाजिक संजालबाट धन्यवाद ज्ञापन गरेका हुन् ।

हिमा गाउँपालिका अध्यक्षको सचिवालयले भनेको छ, अव हिमा गाउँपालिकामा अव हिमा गाउँपालिकामा सुविधा सम्पन्न खेल मैदान निर्माण हुने भएको छ । जहाँबाट प्रशस्त्र खेलाडि उत्पादन गर्न सकिनेछ । सो बजेट वु्कमा उल्लेख भए अनुसार हिमा गाउँपालिका वडा नम्बर १ मा खेलकुद मैदान बन्ने भएको छ ।

प्रतिकृया दिनुहोस्