OnlinePana

आज : २०८१ माघ २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाता,माघ २७, २०८१जुम्ला,
२१ पटक

 

माघ २७ गते । .सरकारले थालेको राष्ट्रिय खोप अभियान अन्तरगत पाठ्यघरको मुखको क्यान्सर विरुद्ध (एचपिभि)को जुम्लामा खोप लगाउन शुरु गरिएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जुम्लाका किश्वरीहरुलाई खोप लगाउन शुरु गरेको छ । जुम्लाको कनिका निसा स्कुलबाट एक कार्यक्रम गरि खोपको शुभारम्भ गरिएको छ ।

जुम्लामा चिसोको समयमा विद्यालय नलागेका कारण केही ढिला खोप अभियान शुरु भएको जानकारी गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले खोप कार्यक्रमको घोषणा गर्नुभएको छ ।

खोप लगाएपछि किश्वरीहरुले खुशी व्यक्त गरेका छन् । खोप लगाएर फर्किएकि कक्षा आठमा अध्ययनरत छात्रा चारु रावलले स्वास्थ्यका लागि खोप लगाएको सरकारलाई धन्यवाद दिदै खु्शी व्यक्त गर्नुभयो । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जुम्लामा आठ हजार १४ जना किश्वरीलाई पाठ्यघरको क्यान्सर विरुद्धको खोप (एचपिभि) लगाईने भएको छ । जनस्वास्थ्य निरीक्षक प्रेम सोमाईका अनुसार विद्यालयमा अध्ययन गरिरहेका ६ कक्षा देखी १० कक्षामा किश्वरी र विद्यालय वाहिरका १० बर्ष देखी १४ बर्षका किश्वरीलाई खोप लगाईने भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जुम्लामा जुम्लाको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका, पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिकामा माघ २७ गते देखी शुरु गरिएको र सिंजा क्षेत्रका हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा फागुन १ गतेदेखी खोप लगाईने भएको छ । खोप अभियान सफल पार्नका लागि ८६ वटा खोप केन्द्र र २०० जना स्वास्थ्यकर्मी परिचालन भईसकेका छन् । जनस्वास्थ्य कार्यालयले मापदण्ड अनुसारका सवै किश्वरीलाई खोप लगाउन अनुरोध समेत गरेको छ ।

क्याप्सन : जुम्लामा एचपिभि खोप शुरु तस्बिर नेत्र शाही, जुम्ला ।

 

प्रतिकृया दिनुहोस्