

जुम्ला,मंसिर २ गते । जुम्लामा शान्ति सुरक्षा, विकास निर्माण र सेवा प्रवाहका बिषयमा अन्र्तक्रिया कार्यक्रम भएको छ ।
अन्तरक्रियामा जिल्ला प्रशासन कार्यालय जुम्लाले जनप्रतिनिधि, राजनैतिकदल, सुरक्षा निकायका प्रमुख, नेपाल पत्रकार महासंघ, यातायात व्यवसायी लगायतका सरोकारवाला निकाय सँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
यसैगरी अन्तरक्रियामा सवैका सुझाव सहित निर्णय समेत भएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार जिल्लाको शान्ति सुरक्षा लगायताका बिषयलाई थप व्यवस्थित र प्रभावकारी गराउन सवै सरोकारवाला पक्षविच समन्वय गर्ने, जिल्ला भित्र संचालन हुने र जिल्लाबाट विभिन्न संचालन हुने यातायातलाई व्यवस्थित संचालन र सुरक्षित गराउन प्रचलित कानूनको कडाईका साथ कार्यान्वयन गर्ने र सम्वन्धित निकायले नियमित अनुगमन गर्ने, यातायात व्यवस्थापन समितिले स्थानीय तह लगायत अन्य सरोकारवाला निकाय सँग समन्वय गरी नयाँ रुट पर्मिट भाडादर निर्धारण तथा समायोजना सम्वन्धी काम गर्ने । स्थानीय तहबाटै नागरिकता सिफारिस अनलाईन प्रणालीबाट गर्ने निर्णय गरिएको छ ।
अन्तरक्रियामा प्रतिनिसिभा सांसद विनिता कठायतले जिल्लाका विभिन्न समस्याका बिषयमा जानकारी गराएमा सोही अनुसार काम गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रदेशसभा सांसद देवेन्द्रबहादुर शाहीले प्रदेशमा समेत काम गर्न कठिन भएकोमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले धौलीगाड खानेपानी, सड्क, यातायात लगायतका जिल्लाका समस्याका विषयमा विगतमा भएका कामहरुको जानकारी दिनुभयो । नेपाली कांग्रेसका जिल्ला उपसभापति कार्मा बुढा, नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष नवराज न्यौपाने, राप्रपाका कालिबहादुर महत, चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, पातारासी गाउँपालिका उपाध्यक्ष रेवति रावल, सिञ्जा गाउँपालिका वडाध्यक्ष तथा प्रवक्ता तिर्थ वड, पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाही सहित सरोकारवाला निकायले सूझाव राखेका थिए ।