OnlinePana

आज : २०८१ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक २८, २०८१जुम्ला,
१९० पटक

जुम्ला,कार्तिक २८ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अध्ययन गरेका उच्च स्तरका ३० जना विद्यार्थी दिक्षित भएका छन् ।
प्रधानमन्त्री तथा कर्णाली प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहमा ति विद्यार्थीलाई दिक्षित गर्नु भएको हो । उहाँले एमडिजिपी सहितका विभिन्न ५८ जना मध्य ३० जना विद्यार्थीलाई दिक्षित गर्नुभएको छ ।

दिक्षान्त समारोहमा वोल्दै प्रधानमन्त्री ओलीले सन २०२१ मा शुरु गरिएको एमडिजिपी सहितको उच्च शिक्षा पढ्ने विद्याथीलाई दिक्षित गर्न पाउदा खुशी भएको बताउनुभयो । उहाँले दिक्षित हुने विद्यार्थीलाई वधाई तथा शुभकामना दिदै यहाँबाट गएपछि जहाँजपनि नयाँ रेकर्ड कायम गर्नेगरी काम गर्न प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले कर्णालीमा विशेषगरी सुर्खेत भन्दा माथी दुर्गम कर्णाली भएको हुदा यस क्षेत्रमा कर्णाली र सुदुरपश्चिममा समेत १३ जिल्लामा काम गर्ने प्रतिष्ठान एक महत्वपूर्ण सस्थाको रुपमा स्थापित भएकोमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले प्रतिष्ठानले देखेको सपना दैलेखको राकम कर्णालीमा एकसय वेडको अस्पताल स्थापना गर्न ध्यान दिईएको बताउनुभयो ।

दिक्षान्त समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले प्रतिष्ठानले १३ बर्ष पछि पहिलो पटक दिक्षान्त समारोह गरेको र यस कार्यक्रममा आउन पाउदा खु्शी व्यक्त गर्नुभयो । उहाँले दिक्षित हुने उच्च स्तरको जनशक्ति सवैलाई धन्यवाद ज्ञापन गर्दै कर्णालीमै बसेर यो जनशक्तिले काम गर्ने आशा गरिएको छ । उहाँले कर्णाली प्रतिष्ठानका कर्मचारीको स्तरउन्नतिको निर्णय समेत भएकोमा जोड दिनुभयो ।

दिक्षान्त समारोहमा अमेरिकास्थित हार्डबर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्टेन्थेनिङका डाइरेक्टर क्रिष्टिन मसिंगरले कर्णाली प्रतिष्ठानको विकासमा सहकार्य गर्दै जानमा जोड दिनुभयो । प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले कर्णाली प्रतिष्ठान दुर्गम क्षेत्रमा कार्यक्षत्र बनाउने एक महत्वपूर्ण संस्था भएकाले यसमा सरकारले गर्दै आएको सहयोगका लासग धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अझै प्रतिष्ठानलाई भौतिक पूर्वाधार कमी भएकाले चिकित्सकहरु बस्ने स्थान नभएकाले नागरिकले दिएको रु ५ सय रोपनी जग्गामा वन्ने संरचनाका लागि सहयोग गर्न अनुारोध गर्नुभयो । प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डवसिंह धामीका अनुसार प्रतिष्ठानका ५८ जना मध्य ३० जना भौतिक उपस्थिति भएका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष धामीका अनुसार एमडिएमएस ५ जना, विएमएस ५ जना, विपिएच उत्तिर्ण भएका १८ जना विद्यार्थी दिक्षित भएका छन् ।

क्याप्सन : प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली प्रतिष्ठानको दिक्षान्त समारोहमा वोल्दै तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्