OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथोकी,आश्विन ३०, २०८१जुम्ला,
३५ पटक

अमृत बुढाथोकी÷जुम्ला,

असोज ३० गते । जुम्लामा विभिन्न कार्यक्रम गरि ६९ औ प्रहरी दिवस मनाईएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, जुम्ला र प्रदेश विपत प्रहरीको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा जिल्ला प्रहरी माताहतका प्रहरी चौकी सहित विभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ट काम गर्ने २१ जना प्रहरी र कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएको छ । यसैगरी अमर प्रहरीका परिवारलाई समेत सम्मान गरिएको छ ।

दिवसको अवसरमा विभिन्न परिवर्तनमा ज्यान गुमाउने अमर प्रहरीलाई प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, नेपाली सेनाका प्रमुख सेनानी गणपति धिरज थापा, शशस्त्र प्रहरीका गणपति लालबहादुर शाही, प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामति, चन्दननाथ नगरपालिका वडा नम्बर १ का अध्यक्ष तिलक न्यौपाने, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, उद्योग बाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकोटा सहित उपस्थित सवैले अमर प्रहरीलाई पुष्पगुच्चा सहित श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । प्रजिअ शाहीले उत्कृष्ट कर्मचारी, अमर प्रहरीका परिवारलाई सम्मान गर्नु भएको छ भने प्रहरी नायव उपरीक्षक कामतिले दिवसमा प्रहरीलाई सहयोग गननेपाल पत्रकार महासंघ जुम्ला, उद्योग बाणिज्य संघ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, एशिया ईन्टरनेश्नल स्कुल, सहित विभिन्न निकायलाई सम्मान समेत गरिएको थियो ।

दिवसमा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले प्रहरीले जहिले पनि नागरिकको पक्षमा काम गर्ने भएकाले राम्रो काममा सवैले सघाउनुपर्ने बताउनुभयो । उहाँले वि.सं २०१२ सालमा प्रहरी ऐन अनुसार स्थापना भएको विधिगत संगठन भएको र यसको आशा, भरोसा धेरै भएको जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिले प्रहरीलाई विभिन्न कोणबाट सहयोग गर्ने सवै निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्रहरी दिवसको अवसरमा सवैलाई शुभकामना समेत दिनुभयो । चन्दननाथ नगरपालिका वडा नम्बर १ का अध्यक्ष तिलक न्यौपानले जनता प्रहरी सहकार्य गरेर अगाडि बढेमा काम सफल हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले प्रहरीले पछिल्लो समय लागु औषध सहितका सामाजिक क्षेत्रमा गर्न थालेका काम प्रशंसनीय भएको बताउदै राम्रा काममा संचारकर्मी सारथी बन्ने बताउनुभयो । उहाँले बजार क्षेत्रमा चाडै सिसि क्यामरा जडान गर्न आवश्यक रहेको बताउनुभयो । उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले दिवशको शुभकामना दिदै केही महिना पछि बृहत उद्योग वाणिज्य महोत्सव हुने बताउनुभयो ।

दिवसको अवसरमा प्रहरी महानिरीक्षक बसन्त कुँवरले दिनु भएको शुभकामना मन्तब्य प्रस्तुत गरिएको थियो । दिवसको अवसरमा पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष पूर्व प्रहरी निरीक्षक वलबहादुर महतले अहिले प्रहरी स्रोत साधनले भरिपूर्ण भएको देख्न पाउदा खुशी लागेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्