OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ९, २०८१
४५५ पटक

भदौ १० गते । जुम्ला प्रहरीले अवैध हतियार सहित एक जना पक्राउ गरिएको छ । जुम्लाको गुठिचौर गाउँपालिका वडा नंं १ घर भई हाल पातारासी गाउँपालिका वडा नम्वर ५ लासी बाजर स्थित मोटर साईकल ग्यारेज गरी बस्ने अन्दाजी ३२ बर्षका सुर्य वहादुर महतारालाई अबैध हातहतियार सहित प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीका अनुसार जुम्लाको शनिवार साझ ६ बजे बजेको समयमा गुठिचौर गा.पा. वडा नं एक मौरे लेक स्थित जुम्ला देखि डोल्पा जाने कच्चि सडक खण्डको ५० मिटर तल पश्चिम तर्फको भिरालो जमिनको ढुङ्गाको ओढार भित्र हरियो प्लाष्टिकमा सेतो प्लाष्टिको बोरा भित्र लुकाई छिपाई ३ वटा भाग अलग अलग टुक्रा पारी राखेको अवस्थामा भरुवा बन्दुक जस्तो देखिने फोल्ड गर्न मिल्ने एकनाले थान १ र उक्त हतियार लुकाई राखेको सुर्यबहादुर महताराको उपस्थित र जुम्ला प्रहरीको टोलीले बरामद गरी सुर्य बहादुर महतारालाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान कार्य भई रहेको छ ।

प्रहरी कार्यालय जुम्लाले आईतबार पत्रकार सम्मेलन गरेर उक्त घटनाबारे सार्वजानिक गरेको हो । अन्दाजी ३२ वर्षिय सुर्य वहादुर महताराले अबैध हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा बरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिईएको हो ।

प्रतिकृया दिनुहोस्