OnlinePana

आज : २०८१ जेठ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १८, २०८१सुर्खेत
३८ पटक

१८ बैशाख २०८१, मंगलबार

कर्णाली प्रदेश सरकारका चार नवनियुक्त पाँच मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्षम सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरु महेन्द्र केसी (रुकुमपश्चिम), बीरबहादुर शाही (डोल्पा) र दुर्गबहादुर रावत (कालीकोट)ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका रुपमा नेपालको संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुखसक्षम शपथ ग्रहण गर्नुभयो ।

यस अघि विनाविभागीय मन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्र हुम्लाबाट निर्वाचित रनसिंह परियारलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी दिईएको छ । त्यस्तै, नेकपा एमालेबाट डोल्पा निर्वाचित प्रदेशसभा सदस्य शेरबहादुर बुढाले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । भौतिक राज्यमन्त्रीको रुपमा भने एमाले दैलेखबाट निर्वाचित गमता विकलाई मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त एमाले दैलेखबाट निर्वाचित विनोदकुमार शाह भने आजको शपथ ग्रहण कार्यक्रम उपस्थित हुनुभएन । भौतिक पूर्वाधार मन्त्रालय दावी गरेकोमा कृषिमन्त्री बनाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै शपथ ग्रहण कार्यक्रम अस्वीकार गरेको जनाईएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कँडेल आफैले लिनुनुभएको छ ।

कृषिमन्त्री शाहले शपथ ग्रहण नगरेपनि मन्त्रीहरु नियुक्तिका हिसाबले पूर्णता पाएको कर्णाली प्रदेश मन्त्रिपरिषद् आठ सदस्यीय रहेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको समर्थनमा गत चैत्र २७ गते नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता कँडेल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस्