OnlinePana

आज : २०८२ भाद्र २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २८, २०८०
२९५ पटक

२८ चैत २०८०, बुधबार

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गनुभएको हो । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

उहाँ नेकपा एमालेसहित माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कँडेलले आजै पदबहाली गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्