OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,चैत्र १४, २०८०जुम्ला,
१४८ पटक

चैत १४ गते । नेकपा (माओवादी केन्द्र) जुम्लाले जित हाशिल गरेका जनप्रतिनिधिलाई प्रतिवेदन दिन निर्देशन गरेको छ ।
जनप्रतिनिधि सँग प्रशिक्षण कार्यक्रममा पार्टी ईन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारीले वडा देखी पालिका सम्म माओवादीले नेतृत्व गरेका जनप्रतिनिधिहरुले गरेका काम पार्टीलाई जानकारी दिन निर्देशन गर्नु भएको हो । उहाँले पार्टीबाट नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुले अरु भन्दा फरक र राम्रा कामको अपेक्षा गरिएको बताउदै प्रतिवेदन दिनु पर्ने र राम्रा काम गर्ने जनप्रतिनिधिको पार्टीले राम्रो मुल्यांकन गरिनुपर्नेमा जोड दिनुभयो ।

संघीयताले स्थानीय सरकारलाई बलियो बनाईदिएको अवस्थामा जनताको नाममा आएको बजेट माओवादी निकट जनप्रतिनिधिले अरु भन्दा फरक र सही सदउपयोग तथा थप प्रभावकारी हुनुपर्ने बताउदै ठोस र प्रभावकारी काम गरिरहेको अपेक्षा गरिएको बताउनुभयो ।

पार्टी  संयाेजक नवराज न्यौपानेले अवका दिनमा जनप्रतिनिधिका राम्रा काममा पार्टीले साउने बताउदै राम्रा काम गर्न, सृजनात्मक काम गर्न अनुरोध गर्नुभयो । न्यौपानेलाई नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले शुक्रवार संयोजकको रुपमा जिम्मा दिएको छ । न्यौपानेले आफु सँग कुनै स्वार्थ र गुठ नभएको बताउदै जनताको विकास र पाटीका लागि कुनै गुट उपगुट नहुने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा सिँजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल, पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकाया, तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा, सिजा गाउँपालिका उपाध्यक्ष सितली राेकाया सहित माओवादीले नेतृत्व गरिरेका पालिका, वडाहरुले भईरहेका कामको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघीय सांसद छिरिङ ल्यामु लामा तामाङले संघीय सरकारमा आगामी बजेटमा भईरहेका काम र विकास निर्माणका विषयमा आफ्नो धारणा राख्नु भएको थियो । उहाँले आगामी बजेट बृहत र विशेष हुने बताउदै जिल्लाका लागि ठोस योजनामा जोड हुने बताउनुभयो । भर्चुअल माध्यामबाट सांसद लामाले सरकारले कर्णालीलाई ठोस योजनामा सहयोग गर्ने अपेक्षा गरिएको र सोही अनुसार पहल भईरहेको बताउनुभयो । सांसद लामालाई जनप्रतिनिधिले स्थानीय तहमा आवश्यकता भएका कामहरू जानकारी गराएका छन । माओवादी केन्लेद्रले  जुम्लामा २ वटा स्थानीय तहमा अध्यक्ष, चार तहमा उपाध्यक्ष, १९ वटा वडाध्यक्षको नेतृत्व गरिरहेको छ ।

नेकपा माओवादी केन्द्र जुम्लाले जिल्लामा प्रशिक्षण सहित ३ महिने अभियान समेत गर्ने भएको छ । जनता सँग जनप्रतिनिधि र जनता सँग जनबर्गिय संगठन कार्यक्रम गर्ने भएको हो । साे अवसरमा चैत १४ गते बृहत अगुवाभेला गरि प्रशिक्षण कार्यक्रम गर्ने भएकाेछ।

प्रतिकृया दिनुहोस्