OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ५, २०८०जुम्ला,
२४८ पटक

जुम्ला, चैत ४ गते । जुम्लामा एक महिने योग अभ्यास शिविर सञ्चालन गरिएको छ । आयूवेर्द स्वास्थ्य केन्द्र जुम्लाको आयोजनामा जुम्ला सदरमुकामको टुडिखेल मैदानमा सोमवार देखी शिविर शुरु भएको छ ।

स्वस्थ जीवनका लागि यो शिविर आवश्यकता रहेको बताउदै आयूवेर्द स्वास्थ्य केन्द्रले एक महिने शिविर शुरु गरेको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले स्वास्थ्य जिवन कार्यक्रम अन्तरगत योग तथा जीवन शैली ब्यवस्थापनका लागी योग मास शिविर संञ्चालन गरेको हो ।

कार्यालय प्रमुख नन्दप्रसाद न्यौपानेका अनुसार शारीरिक एबंम मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको उचित समायोजन गराई व्यक्ति सम्पुर्ण रुपमा स्वस्थ्य रहन सहयोग पु¥याउने यसको उद्देश्य हो । उहाँका अनुसार यो योग शिविरलाई जुम्लामा नियमित रुपमा संञ्चालन गरिने छ । उहाँका अनुसार योग ध्यान र साधनाले ब्यक्तिलाई उर्जावान बनाउ छ । योग अभ्यास गराई स्वस्थ्य नागरिक सभ्य समाज निमार्णका लागि शिविर गरिएको प्रमुख न्यौपानेको भनाई छ ।
आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका डाक्टर प्रतिभा शर्माले एक महिने ः योग शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला भएका बताउनुभयो । उहाँका अनुसार सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै यो एक किसिमको अनुभूति र रूपान्तरण पनी भएको उनको दाबी छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका आयुर्वेद डाक्टर सञ्जु कार्कीकाले परापूर्वकाल देखि नै योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रुपमा पनी मान्दै आएको र समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदैआएको बताउनु भयो । योग विभिन्न किसिमका हुन्छन । जसमध्ये यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन । योग, ध्यान र प्रणायाममा आकर्षण बढ्न थालेको देखिन्छ । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले स्वस्थ जीवनका लागि योग र खानपिन महत्वपूर्ण रहेको बताउदै यसको निरन्तरता आवश्यक रहेको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्