OnlinePana

आज : २०८३ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २९, २०८०
३२३ पटक

२९ फागुन २०८०, मंगलबार

कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्नुभएसँगै बुधबार पहिलो बैठक बस्ने भएको हो ।

प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष सिफारिस भई आएको थियो । जस अनुसार प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम भोलि फागुन ३० गते दिउसो ३ः०० बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गर्नुभएको थियो ।

भोलि बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकका लागि कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले सभाका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७९, को नियम (३) को उपनियम (३) बमोजिम सदस्यहरुलाई उपस्थितिका लागि सूचना गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्