OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,फागुन २६, २०८०जुम्ला,
६२७ पटक

फागुन २६ गते । जुम्लामा नेपाल कम्यूनिष्ट पार्टीले स्याउ खेति गरेको छ । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्ध बिप्लव सहितका नेता कार्यकर्ताले जुम्लामा स्याउ खेति गरेका हुन् ।

जुम्लाको हिमा गाउँपालिका ७ हाणुल्य भन्ने स्थानमा विप्लव आफै पुगेर स्याउ रोप्दै स्याउखेतिको उद्घाटन गर्नु भएको छ । उहाँले स्याउ खेतिको उद्घाटन गर्दै उत्पादनबाट आर्थिक समृद्धि हुने निश्चित भएकाले अहिले नेपाल कम्यूनिष्ट पार्टी उत्पादनमा लागेको बताउनुभयो । उहाँले पार्टीको नवौ महाधिवेशनले उत्पादनलाई जोड दिने निर्णय लिए अनुसार जुम्लामा स्याउ खेति शुरु गरेको जानकारी दिनुभयो । उहाँले स्याउबाट समृद्धि वोकेका जुम्लामा स्याउ खेति गरेर उत्पादन सन्देस मात्रै नभई उत्पादनबाट मात्रै आर्थिक समृद्धि हुने भएको थप्नुभयो ।

उत्पादनको क्रममा यस अघि मुगुमा ५ सय विरुवा स्याउ रोपेका जानकारी गराउदै जुम्ला र कालिकोटमा २ हजार स्याउ विरुवा अहिले रोप्नेमा बताउनुभयो । १० हजार विरुवा रोप्ने लक्ष्य जुम्लामा भएपनि अहिले सरकारी नितिगत व्यवस्थाले त्यो लक्ष्यमा पुग्न नसकेको जोड दिनुभयो ।

उहाँले आर्थिक समृद्धि उत्पादनबाट मात्रै सम्भव छ भन्दै, क्रान्ति उत्पादनबाट पनि हुने भएकाले अव फरक तरिकाले राजनैतिक दल जानुपर्नेमा जोड दिनुभयो । राजनिति अर्थतन्त्रमा बदलिनुपर्ने भएकाले उत्पादन काम गरिएको हो । उहाँका अनुसार अव उत्पादन, क्रान्ति आर्थिक संघर्षमा वदलिनु पर्छ, सिद्दान्त व्यवहारमा वदलिनु पर्छ भन्ने हो, अव आत्म निर्भर भएर अगाडि बढ्नुपर्छ । राजनिति सँगै आर्थिक कृयाकलापमा बढि दिनु आजको प्रमुख आवश्यकता रहेको जोड दिनुभयो ।
महासचिव चन्द्धले भन्नुभयो, ३ बर्ष अव चन्द्धा नमाग्ने गरि हामी उत्पादन लाग्छौ । तर पार्टीलाई सहयोग त आवश्यक रहेकोमा जोड दिनुभयो । ३ बर्षमा पार्टीलाई आत्म निर्भर बनाउने लक्ष्य अनुसार काम भईरहेको बताउनुभयो । अव आर्थिक उत्पादनले हाम्रो पार्टी २ बर्षमा आत्म निर्भर हुन्छौ । उहाँका अनुसार कृषि पछि उद्योगमा पनि अगाडि बढ्ने प्रथामिकतामा छौ । त्यस कारणले यो अभियान चलाएका हौ ।

नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय उत्पादन विभागले आयोजना गरेको स्याउ रोप्ने कार्यक्रममा जुम्लाले स्याउबाट भविश्व खोजिरहेको हुदा स्याउ र उत्पादनमा लाग्नेलाई सरकारले नितिगत संरचना बदलेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । हामीले १० हजार विरुवा राप्नका लागि सरकारलाई माग गरेपनि नितिगत समस्याले वाधा भएकाले वाधा फुकाउन वाध्य भएको बताउनुभयो । तर २ हजार विरुवा स्थानीय सरकार र शुभचिन्तकहरुले सहयोग गर्ने बताउनुभयो ।

नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रय सदस्य विर्खबहादुर शाही (प्रभाजित) ले जुम्लाको त्यस क्षेत्रमा २२ हजार वर्गमिटर जग्गामा स्याउ खेति गरिने जानकारी दिनुभयो । उहाँले यो अभियानमा जुम्ला पुगेर स्याउ रोप्ने कार्यक्रममा सहभागि हुने महासचिव विप्लव, स्थायी कमिटि सदस्य रणविर, पोलिटव्यूरो सदस्य आर्दश, पोलिटव्यूरो सदस्य असल, केन्द्रीय कमिटि सदस्य, नेता कार्यकता, शुभचिन्तक, संचारकर्मी, स्थानीय सरकार सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

स्याउ उत्पादन कार्यक्रममा सिँजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले जनतालाई उत्पादनमा लगाएर आर्थिक समृद्धि उत्पादन गर्ने कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय नेतृत्वलाई लागेकोमा धन्यवाद दिदै यस्ता कार्यक्रममा स्थानीय सरकारले पनि बढाउनुपर्ने बताउनुभयो । उहाँले स्याउ उत्पादन मात्र नभई बजारीकरणको आधार र प्रशोधनका लागि आवश्यक रहेको छ ।

नेपाल कम्यूनिष्ट पार्टीले स्थानीय जनताको सहभागितामा फागुन २५ गते र २६ गते जुम्लामा स्याउ रोप्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमका लागि महासचिव विप्लव विहीवार देखी स्याउका विरुवा हिमा गाउँपालिकाको हाणुल्यमा रोपिरहेका छन् । २७ गते कालिकोटको फोई महादेवको स्याउ रोप्ने र २८ गते नाग्म जुम्ला र कालिकोटको सिमा नाग्ममा बृहत जनसभा गर्ने नेपाल कम्यूनिष्ट पार्टीका सेक्रेटरी सफल सिले जानकारी दिनुभयो । स्याउ रोप्ने अभियानका लागि हुम्ला, मुगु, कालिकोट, अछाम सहित विभिन्न जिल्लाका नेताहरु जुम्ला पुगेका छन् । यसै रोप्ने अभियानमा स्थानीय कृषक तथा विज्ञले पनि सहयोग गरेका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर २ का हरि कामीले एकसय ५० विरुवा अभियानमा सहयोग गरेका नेकपाले जनाएको छ ।

क्याप्सन : नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव स्याउ रोप्ने कार्यक्रममा जुम्लामा तस्बिर नेत्र शाही÷ जुम्ला ।

प्रतिकृया दिनुहोस्