OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २३, २०८० जुम्ला,
११२ पटक

फागुन २३ गते । पाटनमा गएर हिउँमा फसि घर आउन नसकेका जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ७ र ८ का आठ जना व्यक्तिलाई हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
तातोपानी गाउँपालिका ४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेका उनिहरुलाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारले हेलिकोप्टर नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्दार गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार उनिहरुलाई सो पाटनबाट ३ चरणमा जुम्ला सदरमुकाम पुरयाई उद्दार गरिएको जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर जुम्ला पठाएर उनिहरुलाई हिउँमा फसेको क्षेत्र बजेडिपाटन देखी जुम्ला विमानस्थल ३ चरणमा हेलिकोप्टरबाट उद्दार गरेको छ ।

पहिलो चरणमा त्यस क्षेत्रबाट २ जना महिला र एक जना लोकेशन हेर्ने मानिस, दोस्रो चरणमा ३ जना महिला र तेस्रो चरणमा २ पुरुष र एक महिला गरि ८ जनाको उद्दार गरिएको छ । हिउमा फसेर उद्दार भएका व्यक्तिहरु तातोपानी गाउँपालिका वडा नम्बर ७ र ८ का रहेका छन् ।

उद्दार गरिएका मध्य तातोपानी गाउँपालिका वडा नम्बर ७ का दिया रावत, हरिशोभा रावत, सशिला रावत, गोरी रावत, जगमति रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत, रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्द्धले जानकारी दिनुभयो । उहाँका अनुसार सकुशल रुपमा उनिहरुलाई उद्दार गरेपछि स्वास्थ्य जाँचको लागि नेपाली सेनाको एम्बुलेन्समा स्वास्थ्य जाँचका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाईएको छ । उहाँहरुको अवस्था सामान्य रहेको र एक दिन अस्पतालमा अवलोकनमा रहनेछन् ।

पाटनमा काम गर्न गएका उनिहरु हिउँमा फसेको खबर स्थानीय सरकार र स्थानीय प्रशासनले गरेपछि हेलिकप्टरबाट उद्दार गर्न सफल भएको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री मन्त्री कृष्ण जिसीले बताउनुभयो । सो क्षेत्रमा गत बर्ष पनि हिउँमा फसेका व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरेको थियो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले ३ दिन अघि आफुहरु सकुशल रहेको खबर आएपनि आज हिउँमा फसेर हिड्न नसकेको जानकारी भएपछि उद्धारका लागि पहल गरिएको जानकारी दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्