OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २०, २०८०जुम्ला,
९२ पटक

फागुन २० गते । उच्च हिमाली क्षेत्रमा हिमपात हुदा चिसो बढेको छ । हिमाली क्षेत्रका उच्च भागहरुमा हिमपात हुदा सताम्मे भएको छ । हिमपातका कारण हवाईसेवा अवरुद्ध भएको छ भने नाग्म गमगडि राजमार्ग बन्द भएको छ । हिउँ परेपछि यस क्षेत्रमा यातायात अवरुद्ध भएको स्थानीयले जनाएका छन् ।
हिउँ परेपछि सड्क डिभिजन कार्यालय जुम्लाले समेत सुचना जारी गरेर बाक्लो हिमपात परेको जानकारी गरेको छ ।

सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार विहान देखी हिमपात भएकाले जुम्ला र मुगु जिल्लाको सिमाना बुलबुले देखी मुगु जिल्ला तर्फ ७ मोड क्षेत्रमा बाक्लो हिउ जमेकोले यस क्षेत्रमा सवार गर्ने यात्रुहरु, यात्रा गर्न अत्यावश्यक भएका राम्ररी सुचना प्राप्त गरि सुरक्षित यात्रा गर्न हुन अनुरोध गर्दछौ । उच्च हिमाली क्षेत्रमा हिउँ र मैदानमा पानी परेका कारण जुम्लाको चिसा्े बढेको छ ।

हिमपातका कारण चिसो बढेको छ । जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम ०.१ डिग्री रहेको छ । यसैगरी अधिकतम तापक्रम ७ दशमलप र बर्षा २७.८ रहेको छ ।

प्रतिकृया दिनुहोस्