OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कर्णाली प्रतिष्ठानलाई विशिष्टकृत गरिने सरकारको नीति, कार्यक्रमले कर्णाली खुशी

प्रतिष्ठान स्थापनाको औचित्य पुष्टि भयो : मन्त्री भण्डारी

नेत्र शाही जेठ २, २०७७जुम्ला,
११२६ पटक

जुम्ला जेठ २ गते । राष्ट्रपति विद्यादेखी भण्डारीले संसदमा प्रस्तुत गर्नुभएको बजेटको नीति कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई देशको विशिष्टकृत अस्पतालको रुपमा स्तरउन्नति गरिने भएपछि कर्णालीमा खुशी छाएको छ । राष्ट्रपति भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा अस्पतालसहितका केही अस्पताललाई सेवाको विशिष्टकृत गरी पाँचसय शैयामा स्तरवृद्धि गर्ने नीति प्रस्तुत गर्नुभएको छ ।

हाल तीन सय शैयाको अस्पताललाई स्तरवृद्धिसहित पाँच सय बनाईने विषय मुलुकलाई अहिले कोभिड १९ (कोरोना भाईरस) बाट जोगिन संकट भईरहेको समयमा सो सम्वोधनले स्वास्थ्य क्षेत्रमा कर्णालीमा खुशी तुल्याएको अगुवाहरु बताउँछन् ।

नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) का प्रदेश समिति सदस्य पूर्णप्रसाद धितालले सरकारको यो प्रथामिकता निकै राम्रो भएको प्रतिक्रिया दिनुभयो । उहाँले सरकारले ल्याएको नीति कार्यक्रमको स्वागत गर्दै स्वास्थ्य क्षेत्रको प्रथामिकता अहिलेको आवश्यकता भएको बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले राज्यको प्रथामिकतामा कर्णाली स्वास्थ्य विज्ञान परेकोले खुशी व्यक्त गर्नुभयो । रजिष्ट्रार विश्वराज काफ्लेले सरकारको नीतिले राज्यले अपनत्व लिएको पूर्ण महसुस भएको टिप्पणी गर्नुभयो

उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रजवअलि मनियारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्तरवृद्धि गरेर पाँच सय शैया गर्ने विषय निकै राम्रो भएको बताउनुभयो । उहाँले सरकारले कृषि क्षेत्रमा १० बर्षिय योजना भन्ने विषय पनि राम्रो लागेको र संकटको समयमा कोरोना रोकथाममा बजेट प्रथामिकता गर्नु राम्रो भएको प्रतिक्रिया दिनुभयो । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले कर्णाली प्रतिष्ठानलाई समेटेको नीति कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्टिकृत पाँच सय शैयाको अस्पतालमा स्तरबृद्धि गराउने सरकारको यो नीति प्रति धेरैले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसवेला गरिरहेको कामको मूल्यांकन सरकारले गरेको समेत बताईएको छ । कर्णाली प्रतिष्ठानले अहिले साविक कर्णाली क्षेत्रका सवै जिल्लामा अहिले विशेषज्ञ डाक्टरहरु पठाएर कोरोना रोकथामको अभियान बनाएको छ भने प्रतिष्ठानमै ठूलो क्षमताको पिसिआर मेशिन ल्याएर जाँच गर्नुका साथै, एक सय २० वेडलाई आईसुलेसन, १० वेड आईसियू देखी विभिन्न पूर्वाधार तयार गरेको छ ।

यसैगरी राष्ट्रपति भण्डारीले सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कसैको पनि ज्यान जाने अवस्था आउन नदिने सरकार दृढतापूर्वक लागेको बताउनुभयो । उहाँले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको सहित विभिन्न नीति कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।

प्रतिष्ठान स्थापनाको औचित्य पुष्टि भयो : मन्त्री भण्डारी

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रतिष्ठान स्थापना पहल समितिका संयोजक नरेश भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सुखद भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले आज प्रस्तुत गर्नुभएकोनीति तथा कार्यक्रममार्फत पश्चिम नेपालको गौरवको रुपमा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्टकृत अस्पतालमा स्तरवृद्धि गर्ने नीतिमा राखिनुले प्रतिष्ठानको औचित्य पुष्टि भएको बताउनुभएको छ । उहाँले अव सरकारको यस अभियानले कोरोनाको लडाई कर्णालीले जित्ने थप आशा पलाएको थप्नुभयो ।

कर्णालीको स्वास्थ्य क्षेत्रमा प्रतिष्ठानले प्रवाह गरेको गुणस्तरीय सेवा र कामले यसको उचाई कायम हुँदै गएको बताउँदै यसले दिएको सेवामा नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको उहाँको भनाई थियो । प्रतिष्ठानले कर्णाली प्रदेशका नागरिकहरुका लागि विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गरेको जनाउँदै मन्त्री भण्डारीले प्रतिष्ठान जुम्ला विशिष्टकृत अस्पतालका रुपमा स्तरवृद्धि हुँने नेपाल सरकारको नीति तथा कार्यक्रमले अब यो प्रदेशका नागरिकहरुलाई अँझ बढी न्याय हुने अपेक्षा रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्