OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १४, २०८०जुम्ला,
१४३ पटक

फागुन १४ गते । मंगलवार फागुन १५ गते जुम्लामा हुने कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । यही फागुन १५ देखि १९ गते सम्म फुटवल संञ्चालन हुने भएको छ ।

जुम्ला जिल्ला फुटबल संघका अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने १० औ राष्ट्रिय खेलकुदको तयारी स्वरुप पहिलो पटक जुम्लाको सदरमुकाम खलंगामा २४ नम्बर वाहिनी अड्डाको खेलमैदानमा कर्णाली प्रदेश स्तरीय खेलकुद प्रतियोगिता हुने भएको जानकारी गरिएको छ ।
पत्रकार भेटघाटमा जुम्ला फुटवल संघका महासचिव दिपेन्द्र हमालका अनुसार कर्णालीका १० जिल्ला मध्य ६ जिल्लाका खेलाडी खेलमा सहभागी हुने भएका छन् । आयोजकका अनुसार यस पटक कर्णालीमा जुम्ला सहित मुगु, कालिकोट, हुम्ला, जाजरकोट र सुर्खेत सहभागि हुने भएका छन् । आयोजकले पत्रकार भेटघाट गरि पत्रकार भेटघाट गरि गोलाप्रथाबाट टाईसिट समेत आयोजकले प्रत्यक्ष सार्वजनिक गरेको छ ।

खेल तालिका टाईसिट तल छ :
कर्णालीको १० जिल्लाबाट झण्डै एक सय ५० जना फुटबल खेलाडी भेला हुने जिल्ला फुटबल संघको अनुमान छ । प्रदेशस्तरीय फुटबल प्रतियोगितामा छनौट भएका खेलाडीहरु सिंधै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन पाउने जिल्ला फुटबल संघ जुम्लाका महासचिब दिपेन्द्र हमालले जानकारी दिनुभयो । पहिलो पटक जुम्लाले पनि राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार पार्ने अवसर पाएको छ । जुम्लाका लागी यो सुनौलो अवसर हो यसको सबै मिलेर सही रुपमा सदुपयोग गर्नुपर्ने आबश्यकता छ ।

कर्णाली खेलकुद विकास परिषदको आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । खेलाडीका अनुसार एक साता जुम्ला फुटबलमय हुने छ, फुटवल खेलाडि राजबहादुर खत्रीका अनुसार ‘खेलाडीहरुको टिम चिन्ने र खेलाडीहरुको प्रतिभा हेर्ने अवसर नछुटाउन खेलप्रेमीहरुलाई आव्हान समेत गरिएको छ ।

जिल्ला फुटबल संघले प्रदेशस्तरीय फुटबल प्रतियोगिता सफल बनाउने बारेमा स्थानीय सरकारका प्रमुखहरुसंग छलफल गरेको छ । यता जिल्ला खेलकुद विकास समितिका सदस्य– सचिव संगिता आचार्यका अनुसार यस पटको खेलको जिम्मा जिल्ला खेलकुद संघ (एन्फा) लाई दिईएको छ । खेलकुदको व्यवस्थापनका लागि स्थानीय सरकारले पनि समन्वय गरेका छन् । चन्दननाथ नगरपालिका नगरप्रमुख राजुसिंह कठायतले खेलमैदान राजसिममा पनि तिब्र निर्माण भईरहेको छ । उहाँका अनुसार उदघाटन नेपाली सेनाको वाहिनी अड्डामा भएपनि एक खेल नयाँ मैदानमा गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्