

फागुन १० गते । निर्वाचन दिवसको अवसरमा जुम्लाका अभिनन्द चौलागाई उत्कृष्ट कर्मचारी घोषित भएका छन् । आठौ निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय जुम्लामा कार्यरत निमित्त जिल्ला निर्वाचन अधिकारी चौलागाईलाई आयोगले यस पटक कर्णाली प्रदेशबाट उत्कृष्ट कर्मचारीको रुपमा छनौट पुरस्कृत गरेको हो । निर्वाचन आयोगले जारी गरेको विज्ञेप्ति अनुसार दिवसको अवसरमा जुम्लाका चौलागाई सहित हरेक प्रदेशबाट एक, एक जना गरि ७ जना र आयोगमा कार्यरत ५ जना गरी जम्मा १२ जना विभिन्न पदका कर्मचारीलाई सम्मान गरेको छ ।
फागुन ७ गते दिवसको अवसरमा निर्वाचन आयोगका प्रवक्ता डाक्टर थानेश्वर भुसालबाट जारी विज्ञेप्तिमा आयोग र अन्तरगत कार्यालयका १२ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारलाईी पुरस्कार सहित सम्मानपत्रबाट सम्मान गरिएको छ । विज्ञेप्तिमा जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छाटेलाल दास, जिल्ला निर्वाचन कार्यालय जुम्लाका निमित्ति जिल्ला निर्वाचन अधिकारी अभिनन्द चौलागाई, जिल्ला निर्वाचन कार्यालय संखुवासभाका लेखापाल आङतेन्जी शेर्पा, जिल्ला निर्वाचन कार्यालय ललितपुरका कम्प्युटर अपरेटर भोज कुमारी सोमै, जिल्ला निर्वाचन कार्यालय पर्वतका कम्प्यूटर अपरेटर ज्ञानेन्द्र प्रसाद शर्मा , जिल्ला निर्वाचन कार्यालय वाँकेका कम्प्यूटर अपरेटर यूवराज पन्त र जिल्ला निर्वाचन कार्यालय डोटीका कार्यालय सहयोगी कृष्ण कुमार जोशी रहनु भएको छ । यसैगरी दिवसको अवसरमा निर्वाचन आयोगका उपसचिव कमल ज्ञवाली, शाखा अधिकृतहरु मधुकर प्रसाद पोखरेल, अच्यूत दाहाल, जयकला राई र हलुका सवारी चालक टेकबहादुर प्रधान रहेका छन् ।
आयोगबाट उत्कृष्ट कर्मचारीको रुपमा घोषणा हुनु भएका चन्दननाथ नगरपालिका ४ निवासी जुम्लाका अविनन्द चौलागाई नौ बर्ष देखी जिल्ला निर्वाचन कार्यालयमा कार्यरत हुनुहुन्छ । यस पटक आफुलाई सम्मान गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।