OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ८, २०८० सुर्खेत
५८ पटक

८ माघ २०८०, सोमबार

राज्य परिचालनको मेरुदण्ड मानिने आर्थिक तथा वित्तिय क्षेत्रलाई आधार बनाएर कलम चलाउने कर्णालीका पत्रकारलाई अर्थ विधाको समाचार लेखनसम्बनधी एक दिने तालिम प्रदान गरिएको छ ।

साउथ एसिया वाच अन ट्रेड, ईकोनोमिक एण्ड ईनभाइरामेन्ट (सावती)ले नेपाल पत्रकार महासंघ शाखा सुर्खेतसँगको सहकार्यमा आर्थिक पत्रकारितालाई बलियो र सशक्त बनाउन आज वीरेन्द्रनगरमा तालिमको आयोजना गरेको हो । उक्त कार्यक्रममा सावतीका अध्यक्ष तथा अर्थविद डा.पोषणराज पाण्डेले नेपाल–भारतको व्यापार सन्धि, त्यसले पारेका असर, भन्सार नीति, नेपालले निर्यात एवं आयात गर्ने वस्तु र आजको विश्व अर्थतन्त्रमा नेपालको अवस्थाका बारेमा आफ्नो प्रस्तुति राख्नुभयो ।

प्रस्तुतिको क्रममा उहाँले केहीमा बाहेक भारतले नेपाललाई शून्य भन्सारमा लिन चाहेको कुरा जनाउनुभयो । भन्सार महसुलमा आजपनि केही बाधाहरु भएको जनाउँदै अर्थविद् डा.पाण्डेले नेपालले तेस्रो देशमा समान निर्यात गर्न नपाउने अवरोधहरुका कारण अवैध व्यापार बेस्सरी बढेको विषयमा खोज तथा अनुसन्धानमूलक लेखहरु आउनुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले आफ्नो प्रस्तुति राख्दै नेपाल वित्तिय हिसाबले विश्वव्यापीकरण हुन नसकेको बताउनुभयो । वैदेसिक लगानी खुला गरेपनि थुप्रै अवरोधहरु नेपालमा भएको जनाउँदै उहाँले ती अवरोधहरु हटाउनुपर्ने र लगानी सम्मेलनबाट सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सावतीका कोषाध्यक्ष निलु थापाले नेपाल–बंगलादेशको व्यापार नीति र सन् १९७२ देखि यताको व्यापार सम्बन्धका विषयमा जानकारी दिनुभयो । नेपालले ७७ गैर कृषि र २६ कृषि वस्तुहरु निर्यात गर्दै आएको जनाउँदै उहाँले पछिल्लो समयमा बंगलादेशको आर्थिक वृद्धि तीवरुपले बढ्दै जाँदा नेपालको अवस्था कमजोर रहेको औंल्याउनुभयो ।

कार्यक्रममा पत्रकारहरुले नेपाल–भारत र बंगलादेशको व्यापार नीति, घाटाको अवस्था, अहिलेको नेपालको कूल ग्राहस्थ उत्पादन, बैंकको ब्याज नीति, नागरिक ठगिँदा बैंकर्सहरु फाईदा जाने अवस्था, त्यसमा हुन नसकेको सरकारी नियमन, अनुगमन तथा निरीक्षणलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

प्रतिकृया दिनुहोस्