कोरपाटी संवाददातापौष ९, २०८०सुर्खेत

२२२ पटक

९ पुस २०८०, सोमबार
डिप्लोमा नेपाल इन्जिनियर्स एशोसिएसन नेपाल (डीन) कर्णाली प्रदेशको अध्यक्षमा कमल दर्लामी चयन हुनुभएको छ । नयाँ नेतृत्वका लागि सोमबार भएको डीनको प्रथम कर्णाली प्रदेश सम्मेलनले अध्यक्षमा दर्लामीलाई सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी, उपाध्यक्षमा धनबहादुर केसी र महिला उपाध्यक्षमा एलिसा आचार्य हुनुभएको छ । सचिवमा जीवन सिंह र प्रज्वल कठायत, सहसचिवमा दक्षिणा कुमारी शाही, महासचिवमा योगेन्द्र रावल र कोषाध्यक्षमा धनबहादुर थापा चयन भएको नवनिर्वाचित अध्यक्ष दर्लामीले जानकारी दिनुभयो ।
त्यस्तै सदस्यहरुमा प्रकाश बुढा, सतल बहादुर वटला, हरिबहादुर शाही, हरीप्रसाद भट्टराई, जयबहादुर विष्ट, कुमार परियार र हरिबोल राना चयन हुनुभएको छ । नयाँ पदाधिकारीले सोमबार नै सपथ ग्रहण गरिसकेका छन् ।