OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ८, २०८०जुम्ला,
४३४ पटक

पुष ८ गते । जुम्लामा हवाई जहाँजको टिकट प्रणाली व्यवस्थापन बिषयमा छलफल भएको छ । स्थानीय प्रशासनको आयोजनामा जनप्रतिनिधि, जहाजका प्रतिनिधि, एयरलाईन्स, नागरिक समाज, मानव अधिकार आयोग र पत्रकारको उपस्थितिमा जुम्लाको टिकट प्रणालीलाई व्यवस्थापन गर्नका लागि बसेको जिल्ला स्थित सरोकारवाला निकायको छलफलमा विमानस्थलमा हरेक वायुसेववा कम्पनीले कार्यालय खोली नाम लेख्ने र पार्दशिता कायम गर्ने, सम्पूर्ण वायूसेवा कम्पनीले भोलि पल्टको उडानको टिकट अघिल्लै दिन वितरण गर्ने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाका प्रमुख सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकमा वायूसेवा कम्पनीले १० सिट सर्वसाधारणका लागि विरामी, अशक्त, सुरक्षाकर्मी र अन्य ईमरजन्सि काम परेका व्यक्तिका लागि छुट्याईने भएको छ । सिता एयरलाईन्सको हकमा भने ७ सिट सर्वसाधारणका लागि एक दिन अगावै वितरण गरिने भएको छ । सर्वसाधारणका लागि कार्यालयले फाईल खोलेर नाम लेख्ने प्रणाली शुरु गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले सर्वसाधारण र वाहिरी पर्यटकले टिकट पाउन मुस्किल भएको भन्ने गुनासोका आधारमा वैठक राखिएको बताउनुभयो । उहाँले विरामीलाई कुनै पनि हालतमा प्रथामिकता दिलाउन, अन्य ईमरजन्सि काममा जाने व्यक्तिलाई समेत सहज कसरी गर्ने भन्ने बिषयमा छलफल भएको जोड दिनुभयो । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कुनैपनि हालतमा विमानस्थलको गेट वाहिर कार्यालय खोल्नुपर्ने र टिकट वितरणमा पार्दर्शिता हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखाका निमित्ति कार्यालय प्रमुख धनराज शाहीले हवाई उडान बढाउने विषयमा पनि प्रथामिकता दिईनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पहिलो चरणमा जुम्लामा हुने उडानमा टिकट प्रणाली व्यवस्थापन गर्न सवैको सहयोग आवश्यक रहेको र अर्को उडान बढाउन पहल आवश्यक रहेको बताउनुभयो । जुम्लामा बर्षौदेखी जहाजको टिकट वितरण प्रणाली राम्रो नभएकाले दुख भईरहेको गुनासो आएको स्थानीय प्रशासन र सर्वसाधारणको रहेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार जुम्लामा अहिले हप्ताको एक पटक नेपाल एयरलाईन्स र नियमित रुपमा समिट एयरले उडान गरिरहेको छ । यस्तै सिता, तारा एयरले समेत उडान भर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्