OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,भाद्र २४, २०८०जुम्ला,
२०२ पटक

भदौ २४ गते । बाढि र पहिरोले बिस्तापित भएका मुगु छायानाथ रारा नगरपालिका १२ लुम्सा गाउँका भत्किएका घर सरकारले निर्माण गरेर स्थानान्तरण गरिएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले सो गाउँका ३४ घर निर्माण गरि बस्तिनै सारिएको छ । भवन निर्माण आयोजनाका जुम्लाका सवईन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार छायानाथ रारा नगरपालिका वडा नम्बर १२ लुम्सामा बाढि पहिरोका कारण बिस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका वडा नम्बर ९ चिमाथ साविक माग्री १ गाउँको पेरेपानी कासीघर नाउलामा स्थानान्तरणका लागि पूर्वाधार सहित आवास निर्माण कार्य कार्यक्रम अन्तरगत पहिरोमा भत्किएका घर निर्माण गरिएको छ । दलित आवास आवास कार्यक्रम अन्तरगत प्रति घर रु ५ लाखका दरले ति घरहरु निर्माण भएका छन् ।

वि.सं २०३६ साल, २०६३ साल गरि विभिन्न समयमा लुम्समा आएको भिषण पहिरोबाट सो गाउँ जोखिम भएको थियो । स्थानीय पुर्णचन्द्र विश्वकर्माका अनुसार २०६३ सालमा २ वटा घर भत्किनुका साथै बस्तिनै जोखिम भएको थियो । पटक पटक माग गर्दा गत आर्थिक बर्षमा ३४ घर निर्माण भई बस्ति स्तानान्तरण कार्यक्रम सम्पन्न भएका छन् । हामी अहिले नयाँ घरमा बस्न पाएका छौ, यो नमूना कार्यका लागि सघन सहरी तथा भवन निर्माण आयोजना र मन्त्रालयलाई धन्यवाद दिनुभयो गर्नुभयो । कार्यालयका अनुसार त्यस क्षेत्रमा रु ३ करोड लगानीको सड्क निर्माण र रु ८० लाख बरावरको काम पनि सम्पन्न भएको छ ।
क्याप्सन ः मुगुको लुम्साको जोखिम बस्ति नयाँ घर निर्माण गरेर स्थानान्तरण तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्