OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी,भाद्र २४, २०८०जुम्ला,
३७४ पटक

भदौ २४ गते । जुम्लामा राहात शिक्षक मेघनाथ योगीको अध्यक्षतामा राहात शिक्षक जिल्ला कार्य समिति गठन गरिएको छ । योगीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।

जिल्ला सम्पन्न भएको राहात शिक्षकहरुको भेलाले नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा मेघनाथ योगी, सहध्यक्षमा दिपक बुढा, सचिवमा भोजराज न्यौपाने, कोषाध्यक्षमा पशुपति कुमारी सिंह ( शाही) चयन भएका छन् ।

समितिको सदस्हरुमा गोकर्ण शाही, रामप्रसाद आचार्य, कालिवहादुर विष्ट, रामबहादुर वोहरा, हरिश्चन्द्र भट्ट, रञ्जना बुढा, देविचन्द्र वुढा, रविन्द्र प्रसाद उपाध्याय र गोविन्द शाही रहेका छन् । नवनिर्वाचित जिल्ला अध्यक्ष योगीले शिक्षकको हक अधिकारका लागि अव नयाँ समितिले सक्रिय भएर काम गर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा पेशागत महासंघका केन्द्रीय सदस्य कालिबहादुर शाहीले शिक्षकहरुको हक अधिकारका लागि नयाँ समितिले काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्