OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,भाद्र १७, २०८० नेत्र शाही ,
३०१ पटक

भदौ १७ गते । जुम्लामा बाणिज्य फम र उद्योग स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका १० लाख मुनिका दुई हजार आठ सय ९२ फम र पाँच लाख मुनिका दुईसय ९२ उद्योग स्थानीय सरकारलाई हस्तानान्तरण गरिएको छ ।

कार्यालयले जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी जयकुमार रोहवरमा स्थानीय तहलाई हस्तानान्तरण गरेको हो । निमित्त कार्यालय प्रमुख श्री कृष्ण देवकोटाले १० लाख सम्म पुजि भएका बाणिज्य फम र ५ लाख सम्म पुजी भएका उद्योगहरु नविकरण सहित संचालन गर्नका लागि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहलाई नविकरण मात्रै नभई सो लगानी भएका उद्योग र वाणिज्य फम दर्ताका लागि पनि हस्तान्तरण गरिएको छ ।

जुम्लामा जम्मा ३ हजार एक सय ४ उद्योग मध्य १० लाख भन्दा बढी आम्दानी भएका २१२ मात्रै वाणिज्य फम अव जिल्ला कार्यालयबाट संचालन हुनेछन् भने ३ हजार ४ सय २ वटा उद्योग जिल्लाबाट संचालन हुने छन् ।

स्थानीय तहलाई बाणिज्य र उद्योग फम हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले स्थानीय तहबाट उद्योग र वाणिज्य सेवा शुरु हुनु राम्रो भएको भन्दै सेवाग्राहीलाई सजिलो र सरकारको राजश्वमा बृद्धि गर्न स्थानीय सरकारलाई शुभकामना दिनुभयो ।
चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतका अनुसार स्थानीय तहमा हस्तान्तरण भएका उद्योग स्थानीय सरकारको अपनत्वमा रहनु निकै राम्रो भएको बताउनुभयो । उहाँका अनुसार यसले स्थानीय तहमा कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा मात्रै एक हजार छ सय ६७ बाणिज्य फम र २५ उद्योग हस्तान्तरण गरिएको छ । गुठिचौरमा ११२ बाणिज्य फम १० उद्योग, पातारासीमा १३४ बाणिज्य फम ४० उद्योग, तातोपानीमा २९६ बाणिज्य फम २० उद्योग, तिलामा २१९ बाणिज्य फम ६० उद्योग, हिमा गाउँपालिकामा १३९ बाणिज्य फम, २२ उद्योग, सिंजा गाउँपालिकामा १५२ बाणिज्य फम ४६ उद्योग, १७३ बाणिज्य फम, ६९ स्थानीय तहमा हस्तान्तचरण गरिएका छन् । कर्णाली औधोगिक व्यवसाय ऐन २०७८ र कर्णाली प्रदेश व्यापार व्यवसाय बाणिज्य २०८० अनुसार स्थानीय तहलाई हस्तानान्तरण गरिएको छ ।

क्याप्सन ः स्थानीय सरकारलाई बाणिज्य फम र उद्योग हस्तानान्तरण गरिदै तस्विर नेत्र शाही जुम्ला

प्रतिकृया दिनुहोस्